जिल्ला अस्पताल रामेछापमा आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवा सुरु

जिल्ला अस्पताल रामेछापमा आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवा सुरु

जिल्ला अस्पताल रामेछापमा मंगलबार(आज)देखी आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’ सेवा सुरु भएको छ । अस्पताल विकास समितिले एक कार्यक्रमको आयोजना गरी यि सेवाहरुको शुभारम्भ गरेको हो । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशीले आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवाको उद्धघाटन गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै उहाँले बाग्मती प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा धेरै कामहरु गरेको बताउनुभयो । प्रदेशको १३ वटै जिल्लामा रहेका अस्पताहरुलाई उपकरण,दक्ष जनशक्तिको व्यवस्थापन,एम्बुलेन्स,शव वाहन जस्ता अस्पतालका लागी आवश्यक विभिन्न सहयोगहरु गर्दै आएको उहाँले बताउनुभयो । उहाँले पैसा नभएर कोही पनि नागरीकले अस्पतालमा उपचार पाइन भन्ने गुनासो नआउनेगरी अस्पताललाई काम गर्न निर्देशन दिनुभयो । कुनै बिरामी मसँग पैसा छैन भनेर अस्पताल आएमा उसलाई निशुल्क उपचार गरेर पठाउन उहाँले अस्पताललाई निर्देशन दिनुभएको हो ।

सोही कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सांसद पूर्ण बहादुर तामाङ्ग(कान्छाराम)ले आफु सांसद हुनुभन्दा अघि नै विभिन्न स्वास्थ्य चौकीहरुलाई एम्बुलेन्स र शव वाहन सहयोग गरेको बताउनुभयो । जिल्ला अस्पताललाई सबै पालिकाबाट बिरामी रेफर गर्ने सेन्टरको रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो । यसको लागी सबै पालिकासँग समन्वयात्मक बैठक राख्नुपर्ने उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले अस्पतालको विभिन्न पक्षहरुमा नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले अब अस्पतालमा कसरी धेरै भन्दा धेरै ठाउँका बिरामीलाई ल्याएर सेवा दिन सकिन्छ भन्ने कुरामा सोच्ने बेला आएको बताउनुभयो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.केशव श्रेष्ठले अस्तालको प्रगती,समस्याहरु र सम्भावनाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

जिल्ला अस्पताललाई उत्कृष्ट बनाउने उद्देश्यले थप सेवाग्राही मैत्री बनाउने रणनीति अघि सारिएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार