जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको मार्च पासमा रामेछाप नगरपालिका प्रथम

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको मार्च पासमा रामेछाप नगरपालिका प्रथम

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा शुक्रवारदेखि ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । प्रतियोगिताको उद्धघाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले गर्नुभयो ।

प्रतियोगिताको उद्धघाटनको क्रममा प्रदर्शन गरिएको मार्च पासमा रामेछाप नगरपालिका प्रथम भएको छ । मार्च पासमा उमाकुण्ड गाउँपालिका दोश्रो भएको छ भने मन्थली नगरपालिका तेश्रो भएको रामेछाप नगरपालिकाका खेल संयोजक टिकाराम मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका आठ वटा स्थानीय तहको सहभागिता रहेको छ । विभिन्न विद्यालयका ८ सय भन्दा बढी विद्यार्थीहरुले विभिन्न विद्याका खेलमा प्रतिस्पर्धा गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार