मध्ये रातमा खुल्ला आकाशमुनि बीच सडकमा अनसन बसेर न्याय माग्दै विनु यादव

मध्ये रातमा खुल्ला आकाशमुनि बीच सडकमा अनसन बसेर न्याय माग्दै विनु यादव

जिल्ला प्रशासन कार्यालय रामेछापले आफूलाई न्याय दिलाउने विषयमा चासो नदेखाएको भन्दै रामेछापकी विनु यादवले प्रशासनको प्रवेशद्वार अगाडि बीच सडकमा अनसन सुरु गर्नुभएको छ ।

मध्ये रातमा प्रशासनको प्रवेशद्वार अगाडि बीच सडकमा खुल्ला आकाशमुनि अनसन थालेकी रामेछापको मन्थली नगरपालिका वडा नं. १ की २९ वर्षीया विनु यादवले प्रशासनले आफूलाई न्याय दिलाउने विषयमा कुनै चासो नदेखाएको कारण अनसन सुरु गरेको बताउनुभयो ।

आइतबार राति करिब १० बजेको समय एक जना महिला सुरक्षाकर्मीको साथमा बीच सडकमा अनसनरत अवस्थामा भेटिएकी विनुले मन्थली नगरपालिका वडा नं. १ बस्ने प्रदिप कठायत आफ्नो श्रीमान भए पनि जिल्ला अदालत रामेछापले सम्बन्ध विच्छेदको फैसला सुनाएको बताउनुभएको थियो । त्यसपछि विनु उक्त फैसलाको विरुद्धमा रिट लिएर उच्च अदालत पाटन पुग्नुभयो । विनु र प्रदिपबीच जिल्ला अदालतले गरेको सम्बन्ध विच्छेदको फैसलालाई उच्चले बदर गरिदियो ।

उच्च अदालतको फैसलाअनुसार अहिले प्रदिप र विनु पति, पत्नी हुन् । आफू प्रदिपको पत्नी भएको नाताले अहिले घरमा बस्ने व्यवस्था मिलाइदिनु भनी जिल्ला प्रशासन पुग्दा प्रशासनले कुनै चासो नदेखाएको र आलटाल गरेर आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो “आज प्रशासन गए, उच्च अदालतको फैसलाअनुसार मलाई मेरो श्रीमान प्रदिप कठायतको घरमा एउटा कोठामा बस्ने व्यवस्था मिलाइदिनु भने तर प्रशासनले सपोर्ट गरेन र सिडिओले सपोर्ट गर्नु भएन, त्यही भएर प्रशासन अगाडि आएर अनसन थालेको हो । सिडिओले गैरजिम्मेवार ढंगले जवाफ दिनुभयो । आफ्नो माग सम्बोधन नभएसम्म अब म अनसन बसिरहन्छु ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार