यसपालीको हिउँदमा पानी र हिउँ नपरेपछि हिमाली क्षेत्रका किसानलाई चिन्ता

यसपालीको हिउँदमा पानी र हिउँ नपरेपछि हिमाली क्षेत्रका किसानलाई चिन्ता

रामेछाप सहित हिमाली क्षेत्रमा यसपालीको हिउँदमा पानी र हिउँ नपरेपछि किसानलाई चिन्ता छ । समयमा हिमपात र वर्षा नभएपछि यसपाली हिमाली क्षेत्रको खेतीपाती प्रभावित बनेको छ । पुस र माघ महिनामा हिउँ पर्नासाथ हिमाली क्षेत्रका बासिन्दा खुसी हुने गरे पनि यस वर्ष हिउँ नपर्दा उनीहरू दुखी भएका छन् ।

हिउँदेयाममासमेत हिउँ नपरेपछि डाँडाकाडा रुखा र सुख्खा देखिन थालेका छन् । सेताम्मे हिउँ नभएपछि हिमालको शोभा घट्न थालेको छ । विगतमा जस्तो पुस, माघमा हिउँ नपर्नु, पानी नपर्नु, असोज कार्तिकमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको कतिपयको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार