गोलन्जोर गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जित्यो

गोलन्जोर गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जित्यो

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जितेको छ । गत शुक्रवारदेखि सुरु भएको अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जितेको हो ।

आइतबार सम्पन्न खेलमा १५ स्वर्ण, ८ रजत र ६ कास्यसहित कौशिका माविले ग्वाल्टारले उपाधि जितेको गोलन्जोर गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रन्जित देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै प्रतियोगिता ७ स्वर्ण, ६ रजत र ७ कास्य पदक सहित जन ज्योति माविमा खुर्कोट दोस्रो बनेको छ भने ४ स्वर्ण, १ रजत र ३ कास्यसहित शारदा मावि बेखटाडी तेस्रो भएको छ ।

विजेता, उपविजेता खेलाडीहरूलाई पालिकाका अध्यक्ष शंकर राज बराल,उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहालले संयुक्त रुपमा शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गर्नुभयो ।

तीन दिनसम्म संचालन भएको रनिङ शिल्डमा पालिकाका १० माद्यामिक विद्यालयहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार