स्वर्गीय निरा छन्त्यालको आवाज रहेको अन्तिम गीत सार्वजानिक (भिडियो सहित)

स्वर्गीय निरा छन्त्यालको आवाज रहेको अन्तिम गीत सार्वजानिक (भिडियो सहित)

स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत सोमबार सार्वजानिक भएको छ । निराको सम्झाना र सम्मान स्वरुप सार्वजानिक भएको गित “घर मेरो खोटाङको चिसापानीमा ,के मरि लानुछ जिन्दगानिमा” भने गीत विनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वरमा रहेको छ ।

नवीन योगिको शब्द र विनोद ढकालको लयमा रहेको गीतमा निर्देशन भने मिलन श्रेष्ठको रहेको छ । निराको अन्तिम गीतमा अभिनय रिना गुरुङ,विनोद ढकाल, रविन्द्र रिमाल र आशिका खातिको रहेको छ ।

निरा छन्त्यालको सम्मानको लागि निरा छन्त्यालको अन्तिम गीत रेकर्डिङ गरेर सुटिङ गर्न नभ्याउदै गायिका निराको दुर्घटना भएको र काम रोकिएको हुँदा उनको प्रथम पुण्य तिथिको दिन माघ १ गते सम्मान स्वरुप यो गीत सार्वजनिक गरिएको कृष्ण राई विन्दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार