रामेछाप मन्थलीमा कुकुरको आतंक,एकै दिन १४ जना घाइते

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिवार विहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् । रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कुकुरले […]

रामेछाप नगरपालिकालाई नेकपाले बुझायो ६ बुँदे ध्यानाकर्षण पत्र

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) रामेछाप नगर संगठन कमिटिले रामेछाप नगरपालिकालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । रामेछाप नगरपालिकाबाट पछिल्लो समयमा सम्पादन भएका क्रियाकलापहरुमा नीति,विधि र प्रक्रिया मिची प्रचलित कानुनको खिलापमा कार्यहरु भई एकलौटी निर्णय गरेको भन्दै नेकपाले ती विषय एवं कार्यहरु र निर्णय प्रक्रियामा गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । […]

हालसम्म रामेछाप जिल्लाका ६७ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरस महामारी सुरु भएदेखि हालसम्म रामेछाप जिल्लाका ६७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हालसम्म रामेछाप जिल्ला बाहिर स्वाब परीक्षण गरिएका ३० जनामा र जिल्लाभित्रै स्वाब परीक्षण गरिएका ३७ जना गरी जम्मा ६७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म एक […]

रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर शिल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर शिल गरिएको छ। वडामा रहेको स्वास्थ्य चौकीका एक जना स्व्ाास्थ्यकर्मिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज दिउँसो १ बजेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण गतिविधि निषेध गरिएको हो। वडाकार्यलयद्वारा जारी विज्ञप्तिमा वडाको स्वास्थ्य चौकीबाट प्रदान हुने सम्पूर्ण सेवासमेत बन्द गरिएको बताइएको छ। त्यस क्षेत्रको समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन […]

रामेछाप जिल्लामा थप ५ दिन निषेधाज्ञा

रामेछाप जिल्लामा ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्लामा हरेक दिनजसो कोरोना भाइरसको संक्रमित थपिन थालेको र समुदायमास्तरमा जोखिम रहेको भन्दै थप ५ दिन निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । यसअघि […]

समाजसेवी कार्कीद्धारा खाँडादेवी गापाका ९ वटै वडालाई स्वस्थ्य सामाग्री सहयोग

रामेछापको खाडादेवी गाउँपालिकाका वडा नं २ मजुवा हिलेचौरका स्थानीय तथा हाल काठमाडौं बसेर व्याबसाय गर्दै आउनुभएका समाजसेवी कल्याणरत्न कार्कीले ब्यक्तिगत् खर्चमा पालिका र वडा कार्यलय मार्फत पालिकाका सबै स्थानीयहरुलाई मास्क वितरण गर्नभयो । गाउँपालिकाका ९ वटै वडा कार्यालय र संघसंस्थाहरुलाई स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बिहिवार गाउँपालिकामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि भएको एक […]

रामेछाप नगरपालिकाका एक स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देखिएका ६ जना कोरोना संक्रमित सबै रामेछाप नगरपालिकाको रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा रामेछाप नगरपालिकाको क्वान्टिनमा रहेका ३ जना , रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मी र बाँकी […]

रामेछाप नगरपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप नगरपालिकाका २७ वर्षकी एक महिलामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । हाल संक्रमित महिला काठमाडौँमा बस्दै आएका छन् । उनी करिब १ वर्ष पहिले जिल्लाबाट काठमाडौं गएको स्वास्थ्य कायालय रामेछापले जनाएको छ […]

रामेछाप बजारमा थप कडाई गर्ने तयारीमा छौँ : वडाअध्यक्ष कार्की

(नेपाल सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गत चैत्र ११ देखि देशभर लकडाउनको घोषणा गर्यो जुनबेला नेपालमा संक्रमण नागन्य मात्रामा थियो । पछि लकडाउन पुर्ण रुपमा हटाईयो जसले गर्दा फेरी संक्रमणको ग्राफ ह्वात्तै बढेर गयो । हाल देशभर ३४ हजार ४ सय १८जना कोरोना संक्रमित भएका छन् र १ सय ७५ जनाले यसै संक्रमणबाट ज्यान गुमाईसेका छन् […]

हालसम्म रामेछाप जिल्लाका ६० जना कोरोना संक्रमित

कोरोना भाइरस महामारी सुरु भएदेखि हालसम्म रामेछाप जिल्लाका ६० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रामेछाप स्थायी बसोबास सहित देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्दै आएका ५३ जना पुरुष र ७ जना महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । जसमध्ये सोमबारसम्म ३० वटा केस सक्रिय रहेको छ भने […]