रामेछाप नगरपालिकामा विहान ५ बजेदेखि १० बजेसम्म मात्रै पसल खोल्न पाईने

रामेछाप नगरपालिकामा विहान ५ बजेदेखि १० बजेसम्म मात्रै पसल खोल्न पाईने

कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गएपछि रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले थप कडाई गरेको छ । अबदेखि नगरपालिका भित्रका बजारहरुको पसल तथा व्यापार व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म मात्रै सन्चालन गर्न दिने निर्णय गरेको छ । रामेछापका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेका अनुसार रामेछाप बजारका केहि स्थानिय सहित नगरपालिकाको केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाका बजार क्षेत्रहरुमा थप कडाई र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो । केहि दिनदेखि दिनप्रतिदिन संक्रमितको संख्यामा वृद्वि हुन थालेपछि संक्रमण रोकथाम र नियन्त्रणको लागि हाट बजार बन्द गर्ने , स्थानिय यातायात सन्चालन गर्न नपाउने , अत्यावश्यक बाहेक निजि सवारी साधन सन्चालन गर्न नदिने , बैँक तथा वितिय संस्थाहरु विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै सन्चालन गर्न पाउने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत लामगादेले जानकारी दिनुभयो ।

रामेछाप नगरपालिकाद्धारा जारी सुचना : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार