रामेछापका ८५ जनाको रिपोर्ट आउन बाँकी, ३० जना क्वारेन्टिनमा

रामेछापका ८५ जनाको रिपोर्ट आउन बाँकी, ३० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १६ सय २६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै ८५ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला अस्पतालबाट १३ , मन्थली नगरपालिकाबाट २७ , उमाकुण्ड गाउँपालिकाबाट ३७ र रामेछाप नगरपालिकाबाट ८ जना गरी ८५ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागी पठाइएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ ।

जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १७ जनाको उपचार भईरहेको छ । अहिले सम्मसम्म जिल्ला अस्पतालमा ९५ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५ सय ३३ , रामेछाप नगरपालिकामा १ सय ८९ , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय ५३ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ६ सय २६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा ३० जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३० जना क्वारेन्टिनमा रहेका छन । ९ जना महिला र २१ जना पुरुष गरी ३० जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिकामा २ , ,उमाकुण्ड गाउँपालिकामा २ र गोकुलगंगा गाउँपालिकामा १८ र लिखु तामाकोशी गाउँपालिकामा ८ जना गरी जिल्लाभर ३० जना क्वारेन्टिनमा रहेका छन् । मन्थली नगरपालिका , दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार