रामेछापका एक्कै पटक थप २० जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका एक्कै पटक थप २० जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा एक्कै पटक थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछापमा कार्यरत स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला अस्पताल रामेछापमा कार्यरत ४ जना पुरुष वर्ष २७,५०,२५ र ४२ का र ३ जना महिला वर्ष ३४,२५ र २४ का सहित एक्कै पटक यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

अरु संक्रमितहरुमा रामेछाप नगरपालिकाका ३ जना महिला र ३ जना पुरुष जसमा वडा नम्बर ६ का ५६ वर्षकी महिला , वडा नम्बर ८ का २२ र ७४ वषकी महिला र २३,२०,२१ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै मन्थली नगरपालिकाका ७ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । वर्ष ४०, ३२,१९,२१,६२,४७ र २६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ ।

केहि दिनअघि उनिहरुको स्वाब पिसिआर परीक्षणका लागी पठाइएको थियो । उनिहरुमा आज कोरोना संक्रमण देखिएको हो । योसँगै हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय १ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार