विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगराउन विद्यालयलाई प्रशासनको आग्रह

विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगराउन विद्यालयलाई प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगराउन जिल्लाका विद्यालयहरुलाई आग्रह गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै जिल्लामा कोरोना भाईरसको संक्रमण उच्च रुपमा बढदै गएको जानकारी गराउदै जिल्ला भित्रका केही विद्यालयले विद्यार्थीको भौतिक उपस्थिती गराएर पठनपाठन गराएको जानकारी प्राप्त भएको जनाएको भन्दै भौतिक उपस्थितिमा पठनपाठन गराउँदा कोभिड १९ संक्रमणको उच्च जोखिम बढ्ने र जिल्लामा उपलब्ध स्वास्थ्य सेवाबाट यसको निरुपण सम्भव नभएको जनाउदै पठनपाठन रोक्न अनुरोध गरेको हो । यदि प्रशासनको आग्रहलाई अवज्ञा गर्दै पठनपाठन गराएमा संक्रामक रोग ऐन २०२० बमोजिम विद्यालयलाई कारबाही गर्ने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्धारा जारी उक्त सूचनामा सरकारले भदौ २९ गते गरेको निर्णय विपरित विद्यालय नखोल्न अनुरोध गरिएको छ । जिल्लाका केहि स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गर्न निर्देशन गरेसँगै जिल्ला भरका अधिकांश विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार