रामेछाप दोरम्बा शैलुङ्गमा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु

रामेछाप दोरम्बा शैलुङ्गमा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ४ सानो शैलुङ्गमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन । ट्याक्टर सोमबार राति ८ ः ४५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका तर्फ आउँदै गरेको ना ७ त ८७३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा गरी ट्याक्टर चालक दोरम्बा गाउँपालिका वडा नं ७ का २७ वर्षका पेमा लामा र ५५ वर्षका फुर्वा दोर्जे तामाङको घटनास्थलमै ज्यान गएको छ । ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार