रामेछापमा कोरोना सक्रमित संख्या सय नाघ्यो, अझै ९५ जनाको रिपोर्ट आउनै बाँकी

रामेछापमा कोरोना सक्रमित संख्या सय नाघ्यो, अझै ९५ जनाको रिपोर्ट आउनै बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । आज थप रामेछाप जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या सय नाघेको हो । रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय १ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । रामेछाप जिल्लामा आजसम्म १६ सय ८५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अझै ९५ जनाको रिपोर्ट आउनै बाँकी छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २९ जनाको उपचार भईरहेको छ ।

जिल्लामा ३९ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३९ जना क्वारेन्टिनमा रहेका छन । ४ जना महिला र ३५ जना पुरुष गरी ३९ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिकामा २ , गोकुलगंगा गाउँपालिकामा २७ जना र लिखु तामाकोशी गाउँपालिकामा १० जना गरी जिल्लाभर ३९ जना क्वारेन्टिनमा रहेका छन् । मन्थली नगरपालिका , दोरम्बा , खाँडादेवी, उमाकुण्ड र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार