गौरीशङकर माविले कक्षा ११ को परीक्षा कार्तीक २३ गतेदेखि सन्चालन गर्ने

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले यहि कार्तीक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन गर्ने भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा यहि कार्तीक २३ गतेदेखि सन्चालन गरिने विद्यालय प्रशासनले एक सुचना जारी गरी […]

रामेछापका १६० जनाले जिते कोरोना

रामेछापका १६० जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १६२ जनामध्ये १६० जना निको भैसकेका छन भने २ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । संक्रमति १ जना जिल्ला अस्पताको आईसोलेसनमा र १ जना गोकुलगंगा अस्पतालमा उपचारत रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । हिजो मन्थली नगरपालिकाका दशजना र […]

ट्राफिक प्रहरी रामेछापको सफलता यस वर्षको दशैँमा दुर्घटनामा कमी

रामेछाप जिल्लामा पछिल्लो समयमा सवारी चेक जाँचमा कर्डाई गरिएसँगै यस वर्ष दशैँमा सवारी दुर्घटनामा कमी आएको छ । यस वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले दशैँ तिहार लक्षित विशेष सुरक्षा चेक जाँच तथा अनुगनमा कडाई गरेको थियो । यस वर्ष दशैँ तिहारको समयमा जिल्लामा मानविय क्षति हुने गरी एउटा पनि दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालय […]

गाउँमै बंगुर पालन गरेर स्वरोजगार बन्दै मगर

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै छ, सिम्ले गाउँ । झुरुम्म परेको मगर बस्ती त्यहि बस्तीमा छ, जिवन मगरको घर । गाउँमै केहि गरौँ भन्ने उत्साह र जोसजाँगर सहित जिवन मगरले बंगु्र पालन गर्नुभएको छ । उहाँको फर्ममा अहिले साना ठ्ुला गरी २५ वटा बंगुरहरु रहेका छन । विभिन्न जातका ति बंगुरहरुको हेरचाह र […]

चाडपर्व लागेसँगै रामेछापका बजारहरुमा भिडभाड, संक्रमण तीव्ररुपमा फैलिने खतरा

चाडपर्वलागेसँगै रामेछापका बजारहरुमा भिडभाड बढ्न थालेको छ । चाडबाडमा कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । तर, बजारमा मानिसहरुको चहलपहल बढ्दा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिने जोखिम झनै बढ्ने देखिन्छ । चाडबाडको समयमा आवतजावत बढ्दा कोरोना भाइरसको जोखिम बढ्ने देखिएको छ । रामेछापमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्रगतिमा फैलिएको छ […]

रामेछापमा कोरोना संक्रमित बढ्दै, सबैभन्दा धेरै संक्रमित मन्थलीमा

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ७६ जनामा गरी ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । […]

रामेछापमा कोरोना संक्रमितको संख्या ३ सय ३७ पुग्यो

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय १२ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ७६ जनामा गरी ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा […]

रामेछापमा १३२ जनाले जिते कोरोना

रामेछाप जिल्लामा कोरोनालाई जित्नेको सङ्ख्या १३२ पुगेको छ । जिल्लाका थप ३३ जना कोरोना संक्रमितले एकै दिन कोरोना भाइरसलाई जितेँका छन् । कोरोना संक्रमण भएपछि विभिन्न ठाउँमा होम तथा संस्थागत आइसोलशनमा बसेका ३३ जनाले शुक्रबार एकैदिन कोरोनालाई जितेका हुन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार १५ जना महिला र १८ जना पुरुष […]

रामेछापको खाँडादेवीमा पाँच शैयाको अस्पताल संचालनमा

रामेछापको खाँडादेवी गाउँपालिकामा पाँच शैयाको अस्पताल संचालनमा आएको छ । गाउँपालिकाको वडा नं ५ पकरबासमा विहिबार गाउँपालिका अध्यक्ष प्रेम तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले अस्पतालको उद्घाटन गर्दै अस्पताल संचालनमा आएको बताएका छन् । पकरबास स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी पाँच शैयाको अस्थायी अस्पताल संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष प्रेम तामाङले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै […]

रामेछाप सुनापतिका ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक ३ गते सुनापति गाउँपालिकाबाट पठाइएका ३६ स्वाब मध्ये ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । विहिबार राति आएको रिपोर्ट अनुसार सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका वर्ष २८ का महिला ,वर्ष ६५ , १७ र ४५ का पुरुषहरुमा कोरोना […]