ट्राफिक प्रहरी रामेछापको सफलता यस वर्षको दशैँमा दुर्घटनामा कमी

ट्राफिक प्रहरी रामेछापको सफलता यस वर्षको दशैँमा दुर्घटनामा कमी

रामेछाप जिल्लामा पछिल्लो समयमा सवारी चेक जाँचमा कर्डाई गरिएसँगै यस वर्ष दशैँमा सवारी दुर्घटनामा कमी आएको छ । यस वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले दशैँ तिहार लक्षित विशेष सुरक्षा चेक जाँच तथा अनुगनमा कडाई गरेको थियो । यस वर्ष दशैँ तिहारको समयमा जिल्लामा मानविय क्षति हुने गरी एउटा पनि दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वशन्त पाठकले ईरामेछापलाई जानकारी दिनुभयो । विगतका वर्षहरुको तथ्याङ्घ हर्दा यस वर्ष जिल्लामा दुर्घटनामा निकै कमी आएको देखिन्छ ।

यस वर्ष बढी भाडा लिने र धेरै यात्रु बोक्ने सवारी साधनहरु कारबाहिमा परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा कार्तिक १ गतेदेखि आजसम्मको अवद्यिमा ५ सय ९ वटा सवारी साधनहरु कारबाहिमा परेका छन । ति सवारी साधन कारबाहिबाट ५ लाख २६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको ट्राफिक प्रहरी रामेछापका प्रमुख रामेश्वर पाण्डेले ईरामेछापलाई बताउनुभयो । यस वर्ष ट्राफिक प्रहरी रामेछापका जनशक्तिहरु दशैँ तिहार विदा नबसि ड्युटिमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार