चाडपर्व लागेसँगै रामेछापका बजारहरुमा भिडभाड, संक्रमण तीव्ररुपमा फैलिने खतरा

चाडपर्व लागेसँगै रामेछापका बजारहरुमा भिडभाड, संक्रमण तीव्ररुपमा फैलिने खतरा

चाडपर्वलागेसँगै रामेछापका बजारहरुमा भिडभाड बढ्न थालेको छ । चाडबाडमा कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । तर, बजारमा मानिसहरुको चहलपहल बढ्दा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिने जोखिम झनै बढ्ने देखिन्छ । चाडबाडको समयमा आवतजावत बढ्दा कोरोना भाइरसको जोखिम बढ्ने देखिएको छ । रामेछापमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्रगतिमा फैलिएको छ ।

हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ७६ जनामा गरी ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । दशैं सुरु भएसगै मानिसहरु धमाधम भित्रिँदा जिल्लामा कोरोना संक्रमितको संख्या आगामी दिनमा झनै बढ्ने देखिन्छ । सरकारले कोरोनाको परीक्षण आफैं स्वयंले गर्नुपर्ने बताइरहेको छ भने जनताले कोरोना संक्रमण रोकथामका लागि कुनैपनि सुरक्षा अपनाउन छाडेका छन् ।

चाडपर्वका बेला जिल्लाबाहिरबाट आएका नागरिक सुरक्षितरुपमा ‘होम क्वारेन्टिन’मा बस्न तथा दशैंमा सुरक्षितरुपमा घरमै दशैं मनाएमात्र कोरोना भाइरसको जोखिम रोक्न सकिने छ । जिल्ला प्रशासन कार्यालय रामेछापले समुदायस्तरमा कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने भन्दै मठ(मन्दिरमा नित्य पूजाआजा बाहेकको सबै धार्मिक कार्य, नाचलगायत मानिसहरुको भिडभाड हुने स्थानका कार्यक्रममा पूर्ण रोक लगाएको छ । दशैंका बेला आफ्नौ घर(परिवारसँगमात्र आर्शीवाद लिने, भिडभाड हुने स्थलमा भौतिक दुरी तथा मास्कको उचित प्रयोग गरेमा मात्र कोरोना भाइरसको संक्रमणबाट बच्न तथा बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार