रामेछापमा १३२ जनाले जिते कोरोना

रामेछापमा १३२ जनाले जिते कोरोना

रामेछाप जिल्लामा कोरोनालाई जित्नेको सङ्ख्या १३२ पुगेको छ । जिल्लाका थप ३३ जना कोरोना संक्रमितले एकै दिन कोरोना भाइरसलाई जितेँका छन् । कोरोना संक्रमण भएपछि विभिन्न ठाउँमा होम तथा संस्थागत आइसोलशनमा बसेका ३३ जनाले शुक्रबार एकैदिन कोरोनालाई जितेका हुन् ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार १५ जना महिला र १८ जना पुरुष संक्रमितले एकै दिन कोरोनालाई जितेका हुन् । जनस्वास्थ्य अधिकृत थापाले मन्थली नगरपालिकाका १० जना पुरुष ,९ जना महिला ,रामेछाप नगरपालिकाका चार जना पुरुष , तीनजना महिला,दोरम्बा गाउँपालिका एकजना पुरुष , खाँडादेवी गाउँपालिकाका एकजना पुरुष ,जिल्ला अस्पतालमा रहेका एकजना पुरुषले कोरोनालाई जितेको जनाकारी दिनुभयो ।

त्यसैगरी लिखुतामाकोसी गाउँपालिकाका एकजना पुरुष , एकजना महिला , उमाकुण्ड गाउँपालिकाका एक जना पुरुष र एकजना महिलाले पनि शुक्रबारनै कोरोनालाई जितेँको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय रामेछापका अनुसार अहिले जिल्ला अस्पतालमा चार जना , मन्थली नगरपालिकामा १३ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना , दोरम्बा गाउँपालिकामा एकजना , खाँडादेवी गाउँपालिकामा दुईजना , सुनापति गाउँपालिकामा ६ जना र लिखुतामाकोसी गाउँपालिकामा एकजना गरि २८ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । आइसोलेशनमा बसेका संक्रमित सबैको स्वास्थ्य अवस्था सामन्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार