रामेछापमा कोरोना संक्रमित बढ्दै, सबैभन्दा धेरै संक्रमित मन्थलीमा

रामेछापमा कोरोना संक्रमित बढ्दै, सबैभन्दा धेरै संक्रमित मन्थलीमा

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ७६ जनामा गरी ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ७० जनामा कोरोना संक्रमण देखिँदा रामेछाप नगरपालिकाका २२ जनामा कोरोना संक्रमण देखिएको छ । अरु स्थानिय तहहरुमा क्रमश उमाकुण्ड गाउँपालिकामा २ जना , खाँडादेवी गाउँपालिकामा ३ जना , गोकुलगंगा गाउँपालिकामा २५ जना , दोरम्बा गाउँपालिकामा ३ जना , लिखु तामाकोशी गाउँपालिकामा २० जना , सुनापति गाउँपालिकामा ८ जना र जिल्ला अस्पतालमा ८ जना गरी ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । जिल्लामा अहिले २९ जना सकृय संक्रमितहरु रहेका छन । उनिहरुको जिल्लाको विभिन्न ठाउँमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार