रामेछापको खाँडादेवीमा पाँच शैयाको अस्पताल संचालनमा

रामेछापको खाँडादेवीमा पाँच शैयाको अस्पताल संचालनमा

रामेछापको खाँडादेवी गाउँपालिकामा पाँच शैयाको अस्पताल संचालनमा आएको छ । गाउँपालिकाको वडा नं ५ पकरबासमा विहिबार गाउँपालिका अध्यक्ष प्रेम तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले अस्पतालको उद्घाटन गर्दै अस्पताल संचालनमा आएको बताएका छन् ।

पकरबास स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी पाँच शैयाको अस्थायी अस्पताल संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष प्रेम तामाङले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेको र सोही निर्णय अनुसार गाउँपालिकामा पहिलो पटक अस्पताल संचालनमा ल्याइएको अध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार