रामेछापमा कोरोना संक्रमितको संख्या ३ सय ३७ पुग्यो

रामेछापमा कोरोना संक्रमितको संख्या ३ सय ३७ पुग्यो

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय १२ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ७६ जनामा गरी ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा आजसम्म २२ सय ५७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये २ हजार ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ६१ जनाको रिपोर्ट पोजेटिभ आएकोे स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २९ जना आईसोलेसनमा रहेका छन । स्वास्थ्य कार्यालय रामेछापका अनुसार अहिले जिल्ला अस्पतालमा चार जना , मन्थली नगरपालिकामा १३ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना , दोरम्बा गाउँपालिकामा एकजना , खाँडादेवी गाउँपालिकामा दुईजना , सुनापति गाउँपालिकामा ६ जना र लिखुतामाकोसी गाउँपालिकामा एकजना , गोकुलगंगा गाउँपालिकामा १ जना गरि २९ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । आइसोलेशनमा बसेका संक्रमित सबैको स्वास्थ्य अवस्था सामन्य रहेको छ ।

हालसम्म जिल्ला अस्पतालमा १९८ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ७१२ , रामेछाप नगरपालिकामा २७६ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा १४५, गोकुलगंगा गाउँपालिकामा २५५ , दोरम्बा गाउँपालिकामा ११६, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा १४३ जना गरि दुईहजार २५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार