कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा रामेछापका ३ जना मनोनित

नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा रामेछापका ३ जना नेतालाई मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार मनोनित गरेका ४ सय ७९ मध्ये १२ जना जेष्ठ राजनीतिज्ञ सभामा परेका हुन् । राजनीतिज्ञ सभामा जिल्लाका पुराना नेताहरू शिब बहादुर खड्का , मेघ बहादुर खत्री र डिक बहादुर तामाङ मनोनित भएका छन् । कांग्रेसको विधानको नियमावलीको […]

रामेछापको ऐतिहासिक तिल्के थान गढिको डिपिआर तयार (फोटोफिचर )

रामेछाप जिल्लाको रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा पर्ने ऐतिहासिक तिल्के थान गढिको डिपिआर तयार भएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ र मन्थली नगरपालिका वडा नम्बर ६ को सिमानामा पर्ने ऐतिहासिक तिल्के थान गढिको रामेछाप नगरपालिकाले डिपिआर तयार गरेको हो । उक्त स्थानलाई पर्यटकिय एवम ऐतिहासिक स्थलको रुपमा विकास गर्ने उद्धेश्यका […]

रामेछाप मन्थलीमा तपाईको मास्क खै ? अभियान सुरु 

रामेछाप जिल्लाको सदरमु्काम मन्थलीमा तपाईको मास्क खै अभियान सुरु गरिएको छ । लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले नागरीकहरुलाई मास्क लगाउन आग्रह गर्ने उद्धेश्यका साथ तपाईको मास्क खै अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक बशन्त पाठकले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम भइ रहदा पनि मास्क नलगाई हिड्न थालेपछि […]

रामेछापको ऐतिहासिक तिल्के थान गढि (फोटोफिचर )

नेपाल एकिकरणका बेला विर गोर्खालीहरुले लडाई लड्न सहजहोस भनेर निर्माण गरेको गढि तिल्के थान गढि पनि हो । सिन्धुली गढिको विकल्पमा लडाई लड्नको लागी विर गोर्खालीहरुले तिल्के थान गढि निर्माण गरेको स्थानिय बुढापाकाहरुको भनाई छ । तिल्के थान गढिमा फेला परेको पुरानो लेखले पनि सोहि कुरा बताउँछ । तिल्के थान गढिमा ४ कोठाको दरबार , […]

रामेछापका २६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ६२ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ५ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २६ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकाका १४ र गोकुलगंगा गाउँपालिकाका १२ जनाको स्वाब संकलन गरी परीक्षणको लागी पठाइएको छ । यसअघि विभिन्न समयमा कोरोना […]

शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरु प्रविधिमैत्री बन्नुपर्छ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले राज्यको लगानी रहेको सरकारी विद्यालयमै शिक्षाको गुणस्तर कमजोर हुनु दुःखद रहेको बताउनुभयो । सरकारको लगानी रहेको सरकारी विद्यालयमा शिक्षाको गुणस्तर किन कमजोर छ, त्यसतर्फ गम्भीर भएर सोच्नुपर्ने बेला आएको उहाँको भनाई थियो । रामेछाप नगरपालिकाका विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका […]

मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्छौँ : प्रजिअ शर्मा

अब रोमछाप जिल्लामा पनि मास्क नलगाई घरबाहिर हिँडडुल गर्नेलाई कारबाहि गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । लकडाउन खुल्लाभयो भनेर धेरै जना मास्क विना नै बजारहरुमा ओहोरदोहोर गर्ने गरेको र जसका कारण संक्रमण फैलन सक्ने जोखिम रहेकाले अब जिल्लामा पनि मास्क नलगाईकन हिँड्न नपाईने प्रजिअ शर्माले बताउनुभयो । नागरीकहरु आफै सचेत बन्नुपर्ने बताउँदै […]

रामेछाप सुकाजोरमा कबर्ड हल बन्दै ( फोटोफिचर )

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत कबर्ड हल निर्माणाधीन अवस्थामा छ । ५ करोड २० लाख लागतमा निर्माण हुने कबर्ड हल कस्तो बन्दै छ त ? यो सबैको चाँसो र सरोकारको विषय हो । सुकाजोरमा बन्दै गरेको कबर्ड हल यस्तो बन्दै छ । हेर्नुस तस्विरमा :

रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५६ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ५ सय ३० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय […]

रामेछाप हिलेपानी भालुखोप सडक कालोपत्रै हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नम्बर ७ मा पर्ने हिलेपानी भालुखोप सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ । अहिले सडक कालोपत्रे गर्नका लागि धमाधम काम भैरहेको वडानम्बर ७ का वडाअध्यक्ष समीर कार्किले जानकारी दिनुभयो । जम्मा १ करोड ५९ लाख लागतमा बाग्मती प्रदेशको ८४ लाख र बाँकी […]