माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा कालिकादेवी माविका छात्र प्रथम

माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा कालिकादेवी माविका छात्र प्रथम

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा रामेछाप नगरपालिकामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको छ । बालबालिकालाई कोरोनाले पारेको प्रभाव शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सन्चालन गरिएको थियो ।

नगरपालिकाका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएको प्रतियोगितामा कालिकादेवी मावि देउरालीका छात्र आयुष रोका प्रथम हुन सफल भएका छन । उनले प्रतियोगितामा प्रथम हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।

यसैगरी प्रतियोगितामा गौरीशंकर माविका छात्रा जयन्ती महतारा द्धितिय हुँदै नगद ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएकी छन । यसैगरी प्रतियोगितामा भंगेरी माविका छात्रा रेश्मा शाही तृतिय हुँदै नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकि छन भने जनकल्याण माविकी छात्रा मुना श्रेष्ठ सान्त्वना हुँदै नगद २ हजार प्राप्त गर्न सफल भएकी छन ।

रामेछाप नगरपालिकाको आयोजना र वातावरण संरक्षण परियोजनाको सहकार्यमा नगरपालिकाको सभाहलमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा विजय तथा सहभागी विद्यालयका विद्यार्थीहरु्लाई रामेछाप नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे लगायतका अतिथिहरुले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ रामेछपमा पनि विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको हो ।

जिल्लाको ८ वडा स्थानिय तहहरुले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन । यसैगरी जिल्लाका विभिन्न विद्याययहरुले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको जानकारी दिएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार