रामेछाप कारागारबाट १३ जना कैदी जेल मुक्त

रामेछाप कारागारबाट १३ जना कैदी जेल मुक्त

संविधान दिवस २०७८ को अवसरमा रामेछाप कारागारमा रहेका १३ जना कैदी जेल मुक्त भएका छन् । जेल मुक्त हुने १३ जना कैदि विभिन्न मुद्धामा जेल सजाय भोगिरहेकाहरु हुन । ८ जना कर्तव्य ज्यान मुद्धा,१ जना ज्यान मार्ने उद्योग,१ जना ज्यान सम्बन्धि कसुर,२ जना बहुविवाह र १ जना सवारी ज्यान मुद्धामा जेल सजाय भोगिरहेकाहरु जेल मुक्त भएका हुन ।

जेल मुक्त भएका १३ जनाको ५० प्रतिशत जेल सजाय कट्टा गरिएको हो । असल आचरण र व्यवहारका आधारमा जिल्ला कारागारबाट सिफारिस भएपछि संविधान दिवसको अवसरमा उनिहरुलाई कैद सजाय तोकेको मिति अगावै जेल मुक्त गरिएको रामेछाप कारागारका प्रमुख रामकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

जेल मुक्त भएका कैदीहरु : 

सत्यराम तामाङ रामेछाप सुनापती
हिरालाल कामी रामेछाप नगरपालिका
मिना दमाई रामेछाप नगरपालिका
मुकेश पण्डित सर्लाही
अर्जुन सिंह रुपन्देही
उमेश मुखिया धनुषा
अमृत ब कार्की उदयपुर
सरोज कार्की कालिकोट
राम कु प्याकुरेल नुवाकोट
सविन महत्व सर्लाही
सन्तराम गुप्ता रुपन्देही
मनोज परियार उदयपुर
जन कुमारी राई उदयपुर

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार