रामेछाप विर्तामा घुम्ती सेवा शिविर सम्पन्न,२ सय जनाले लिए सेवा

रामेछाप विर्तामा घुम्ती सेवा शिविर सम्पन्न,२ सय जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाको विकट ठाउँ विर्तामा घुम्ती सेवा शिविर सन्चालन गरेको छ । हरेक वर्ष वडाले नियमित रुपमा गर्दै आएको घुम्ती सेवा शिविर शनिबार विर्तामा सम्पन्न भएको हो । उक्त घुम्ती सेवा शिविरमा लगभग २ सय जनाले सेवा लिएको वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । विर्ताका २५ जनाले नागरीकता प्रमाण पत्रको सिफारिस लिएका छन । त्यहाँका १५० भन्दा बढिले अन्य विभिन्न प्रकारका सिफारिस लिएको वडाअध्यक्ष कार्कीले जानकारी दिनुभयो । गाउँमै सेवा पाउँदा विर्ताका स्थानियहरु निकै दंग थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार