जनगणनाका लागि सुपरीवेक्षक रामेछापको गाउँगाउँमा

जनगणनाका लागि सुपरीवेक्षक रामेछापको गाउँगाउँमा

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक रामेछपको गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरणका लागि रामेछाप जिल्लाभरी सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । जनगणनाका लागी जिल्लामा ६९ जना सुपरिवेक्षक परिचालन भएका छन् । १२ औं राष्ट्रिय जनगणनाको लागि जिल्ला भरीमा ६९ जना सुपरिवेक्षक परिचालन गरी सूचीरकणको काम थालिएको हो ।

जनगणना कार्यालयले जिल्लाका ४ स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरेको छ । मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरी गरी काम सुरु गरिएको जिल्ला जनगणना कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश कुमार खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक तालिम दिएर ६९ जना सुपरिवेक्षकलाई भदौ ३० गतेदेखि नै सम्बन्धित कार्यक्षेत्रमा खटाइसकिएको छ ।

यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणना अन्तर्गत घर, परिवार लगायतको गणना भइरहेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कका आधारमा मूल गणना गरिने छ । मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दश दश वर्षमा जनगणना गरिन्छ । यसपालिको जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना, २०७८’ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार