कोरोना संक्रमणको जोखिमतालाई ध्यानमा राख्दै रामेछापमा पनि भिडभाड गर्न रोक

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा कोरोना संक्रमणको जोखिमतालाई ध्यानमा राख्दै भिडभाड गर्न रोक लगाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौँलोचन सैजूको अध्यक्षतामा मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना भाइरस कोभिड १९ संक्रमण दर बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सभा,जुलुस,र्याली, भेला,जमघट,गोष्ठी,सेमिनार, बैठक तथा भिडभाड बढाउने व्यवसायीक कार्यहरु नगर्न तथा नगराउन आग्रह गरेको […]

रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाए

दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म रामेछापका १५ हजार ८९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । गत फागुन २३ गतेदेखी सञ्चालन भएको दोस्रो चरणको खोप अभियान अन्र्तगत चैत ९ गते सोमबारसम्म जिल्लाका १५ हजार ८९१ जनाले खोप लगाएका हुन् । गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत जिल्लाका […]

रामेछापमा टेलिकमको फाइबर टु द होम सेवा शुरु

नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा रामेछापमा पनि सुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । नेपाल टेलिकम रामेछापले सदरमुकाम मन्थलीमा आज एक कार्यक्रमको आयोजना गरी जिल्लामा फाइबर टु द होम सेवा सुरु गरेको हो । उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत […]

रामेछापबाट ३१ जना युवा संघ नेपालको केन्द्रीय सदस्यमा चयन

रामेछापबाट युबा संघ नेपालको केन्द्रिय कमिटीमा ३१ जना चयन भएका छन ।  यसअघि युवा संघको केन्द्रीय सदस्य रहेका रामेछापका कृष्णहरि केसीलाई केन्द्रीय उपाध्यक्षमा चयन गरिएको छ । त्यसैगरी निर्बाचन आयोग अध्यक्षमा तिर्थलाल श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा तिर्थलाल श्रेष्ठ, राकेश श्रेष्ठ ,संगम खडका ,कमल केसि,दिनेश राज कार्की सरोज श्रेष्ठ ,सुबास थापा, सन्जय श्रेष्ठ ,रामबाबु […]

समाजसेवी भरत चौलागाँइद्धारा विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

नेपाली काँग्रेस रामेछापका नेता एवम समाजसेवी भरत चौलागाँइले रामेछाप नगरपालिका ८ मा रहेको श्री मावि भंगेरीका शिक्षक र विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । चौलागाँइले विद्यालयलाई ४ वटा कम्युटर र विद्यार्थीहरुलाई सिकाउन एक महिना भित्र पन्चेबाजा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक […]

रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाईने

रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाइने भएको छ । रामेछाप जिल्लाका कलाकारहरुको साझा संस्था रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाउदै आगामी दिनमा धेरै भन्दा धेरै कलाकारहरुलाई जोड्दै जाने निर्णय गरिएको हो । शनिबार रामेछाप सदरमुकाम मन्थलीमा पालिकास्तरीय अन्तरकृया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी विभिन्न छलफल तथा निर्णयहरु गरिएको हो । जिल्लाको ८ वटै […]

रामेछाप चनखुमा ट्रक दुर्घटना

रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा आज दिउँसो ट्रक दुर्घटना भएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट निर्माण सामाग्री लिएर चनखु जाँदै गरेको ट्रक दुर्घटना भएको हो । सरस्वती माध्यमिक विद्यालयको निर्माण सामाग्री लिएर चनखु जाँदै गरेको बा ४ ख ५७०० नं को ट्रक महादेवटारमा दर्घटना भएको हो । दुर्घटना परी ट्रकका चालक सामान्य घाईते […]

समाजसेवी भरत चौलागाँइद्धारा सि सि क्यामेरा, टिभी र विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

नेपाली काँग्रेस रामेछापका नेता एवम अको विशेष सहयोगमा रामेछापको मन्थली नगरपालिका–४ गैराथोकमा रहेको शिद्धेश्वर माध्यमिक बिद्यालयका बिद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गर्नुका साथै सि सि क्यामरा र टिभी समेत उलब्ध गराउने घोषणा गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुक्र वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका पुर्ब पार्टि सभापति एबं कार्यक्रमका प्रमुख अथिति रामचन्द्र खड्काले […]

रामेछापका १० हजार बढीले कोरोना विरुद्धको खोप लगाए

दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म रामेछाप जिल्लाका दश हजार चारसय भन्दा बढीले कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । गत फागुन २३ गतेदेखी सञ्चालन भएको दोस्रो चरणको खोप अभियान अन्र्तगत विहीबारसम्म जिल्लाका दश हजार ४३२ जनाले खोप लगाएका हुन् । गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत […]

सुनापति गाउँपालिकामा दुई खानेपानी आयोजना हस्तान्तरण र उद्घाटन

रामेछापको सुनापति गाउँपालिका– ५ र ३ का २ वटा खानेपानी आयोजना हस्तान्तरण तथा उद्घाटन गरिएको छ । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना र हिलेदेवीको कामाखोला खानेपानी आयोजना उद्घाटन तथा उपभोक्तालाई हस्तान्तरण गरिएको हो । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना सम्पन्न गर्नका लागि कूल १ करोड १ लाख ३ हजार ६ सयको लागत लागेको थियो । सो योजनामा […]