लिखु तामाकोशी गाउँपालिकाले करारका कर्मचारी कसैको म्याद नथप्ने

लिखु तामाकोशी गाउँपालिकाले करारका कर्मचारी कसैको म्याद नथप्ने

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले साउन १ गतेदेखी आफना सबै करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगर्न,नगराउन समेत निर्देशन दिएको छ ।

गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ, कार्यालय अभिलेखमा विगतका कर्मचारी कार्यालय समयमा उपस्थिति नहुने, पोशाक नलगाउने, विना जानकारी बिदामा बस्ने, कार्यालयको सुचना अधिकृत रुपमा बाहिर दिने गरेको, गोपनियता भंग गर्ने गरेको, माथिल्ला तहका पदाधिकारीले दिएको आज्ञा पालना नगरेको, आफुभन्दा माथिल्ला तहको कर्मचारीसगँ अनुपयुक्त व्यवहार गर्ने, कार्यालयको काम समयमै नगर्ने गरेको, कार्यरत पदको औचित्यता र आवश्यकता नदेखिएकोले करार सम्झौता अवधि नबढाएको सूचनामा उल्लेख छ ।

गाउँपालिकाको कार्यालय,वडा कार्यालय,स्वास्थ्य चौकि लगाएतका स्थानमा करारमा कार्यरत कर्मचारीको करार सम्झौता नवीकरण नहुने लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले बताउनुभयो । अब छिट्टै गाउँकार्यपालिकाले बैठक बसेर करारमा नयाँ कर्मचारी भर्ना खुलाउने उहाँले बताउनुभयो । अब विधि र प्रक्रिया पुरा गरेर कर्मचारी भर्ना गरिने अध्यक्ष महतको भनाई छ । स्थानिय निकायलाई आर्थिक भार नपर्ने प्रदेश र संघिय तहका कुनै पनि कर्मचारिको हकमा भने उक्त निर्णय लागु नहुने अध्यक्ष महतले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार