रामेछाप नगरपालिकाले बढायो विद्यालय कर्मचारी र बाल विकास शिक्षकको तलब

रामेछापको रामेछाप नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई न्युनतम पारिश्रमिक उपलब्ध गराउने भएको छ । रामेछाप नगरपालिकाले अव पालिका भित्रका विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) तथा विद्यालय कर्मचारी (परिचर) लाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउनेछ भने लेखापाललाई मासिक १८ हजार रुपैँया (तलब भत्ता) उपलब्ध गराउनेछ। […]

सिप सिकेर दक्ष बन्नुहोस थप सहयोग चाहिए स्थानिय तह छ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले सिप सिकेर दक्ष बन्न युवाहरुलाई आग्रह गर्नुभएको छ । हजुरको रेडियोले आयोजना गरेको रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले युवाहरु सिप सिकेर दक्ष बनेको खण्डमा मात्रै सम्वृद्ध नगरपालिका बन्नमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । विगतका केही वर्षदेखी नै हजुरको रेडियोले जिल्लामा पत्रकार उत्पादन […]

जिल्ला अस्पताल रामेछापको सेवा नयाँ भवनबाट सुरु

जिल्ला अस्पताल रामेछापले आफनो सेवा नयाँ भवनबाट सुरु गरेको छ । २०७२ को भुकम्पमा अस्पतालको पुराना भवनहरुमा क्षति पुगेको थियो । भुकम्पपछि जर्मन सरकारको सहयोगमा २७ करोड लागतमा बनेको नयाँ सुविधा सम्पन्न भवनबाट सम्पुर्ण सेवाहरु सुचारु गरिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । २ वर्षको अवधिमा निर्माण सम्पन्न भएको उक्त भवनमा अत्यावश्यक […]

मंसिर २३ गतेदेखि रामेछाप जिल्ला फुटबल लिग २०७८ हुँदै

रामेछापको सदरमुकाम मन्थलीमा यहि मंसिर २३ गतेदेखि रामेछाप जिल्ला फुटबल लिग २०७८ हुनेभएको छ । रामेछाप जिल्ला फुटबल संघको आयोजनामा उक्त प्रतियोगिता सन्चालन गर्न लागिएको आयोजकले जनाकारी दिएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न क्लबहरुले सहभागीता जनाउन पाउनेछन । उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख एक सय एघार सहित सिल्ड मेडल […]

सुकाजोरको टोलटोलमा पुगेर बैङ्किङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भक्ता वितरण

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले अहिले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । गत वर्ष नेपाल सरकारले बैङ्किङ्ग प्रणाली मार्फत मात्रै सामाजिक सुरक्षा भक्ता वितरण गर्ने निर्णय गरे अनुसार अहिले सबै स्थानिय तहहरुले बैङ्किङ्ग प्रणाली मार्फत नै समाजिक सुरक्षा भक्ता वितरण गर्दै आएका छन । जेष्ठ नागरीक,अशक्त,अपाङ्ग लगायतका व्यक्तिहरुलाई भक्ता […]

घर–घरमै पुगेर जेष्ठ नागरीक सम्मान, सम्मानित हुन पाउँदा जेष्ठ नागरीक दंग

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका जेष्ठ नागरीकहरुलाई घर–घरमै पुगेर सम्मान गरेको छ । गत कातिक २९ गते वडा कार्यालयमा जेष्ठ नागरीक सम्मान कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरीकहरुको घरमा पुगेर वडाअध्यक्ष समिर कार्की,वडा सदस्यहरु विल ब थापा,शेर ब मगर सहितको टोलिले जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो । उमेरले […]

रामेछापमा आज देखि फोटो सहितको मतदाता नामावली संकलन हुने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ पालिकामा आज देखि पौष ९ गतेसम्म दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका व्यक्तिहरुलाई लक्षित गरि निर्वाचन आयोगले विशेष कार्यक्रम मार्फत देशका सबै स्थानीय तहका केन्द्रबाट नाम संकलन गर्ने व्यवस्था मिलाएपछि जिल्ला निर्वाचन कार्यालय रामेछापले पनि जिल्लाका सबै […]

आजदेखी जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा आएको छ । अब जिल्ला अस्पताल रामेछापमै पिसिआर परीक्षण हुने भएको छ । कोरोना भए नभएको भनेर थाहा पाउन गरिने पिसिआर परीक्षण आजदेखी जिल्ला अस्पतालमै सुरु भएको हो । केहि महिना अघि नै उक्त पिसिआर ल्याबको उद्धघाटन भएको भएपनि जनशक्तिको अभावले सन्चालनमा आउन सकेको थिएन । जनस्वास्थ्य प्रयोगशाला बाग्मती […]

रामेछाप गोठगाउँमा १५ वर्षिया बालिका बलात्कृत,३२ वर्षिय पुरुष पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँकी एक १५ वर्षिया बालिका बलात्कृत भएकी छन । यहि मंसिर ९ गते साँझ ७ बजेको समयमा गोठगाउँ खुर्पाती भन्ने ठाउँका वर्ष ३२ का नवराज कार्कीले बालिकालाई बलात्कार गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ । ति पुरुषले बालिकालाई डर त्रास देखाई लछारपछार गर्दै बाँसघारी नजिकैको सिस्नोघारीमा लगेर बलात्कार […]

रामेछाप मन्थली मसानटारमा ट्रक दुर्घटना चालकको ज्यान गयो

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ मसानटारमा आज विहान ट्रक दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ट्रक चालकको ज्यान गएको छ । चितवन नारायणघाटबाट मन्थली तर्फ आउदै गरेको प्रदेश नं २–०३–००१ ख ४७६२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक वर्ष २८ का सूर्यबहादुर भाटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता श्रीशंकर श्रेष्ठले जानकारी […]