नेपाल रेडक्रस सोसाइटीद्धारा रामेछापलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीद्धारा रामेछापलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले रामेछाप जिल्लालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

रामेछाप सहित ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको हो । अमेरिकन रेडक्रसको सहयोगमा रामेछाप,दोलखा,ओखलढुङ्गा, चितवन र मकवानपुर जिल्लाहरूलाई ख वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारी, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख अजमद उल्ला र अमेरिकन रेडक्रसका नेपाल प्रमुख हरि कार्कीले संयुक्त रूपमा जिल्ला शाखा तथा उपशाखाका प्रतिनिधिहरूलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपाल रेडक्रस सोसाइटीले ७० जिल्लामा दुई सयभन्दा बढी एम्बुलेन्स सञ्चालन गरी सेवा दिइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार