अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको विद्यालय कर्मचारी,सहयोगी र बालविकास सहजकर्ताको गुनासो

अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको विद्यालय कर्मचारी,सहयोगी र बालविकास सहजकर्ताको गुनासो

रामेछाप नगरपालिकामा कार्यरत विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताले नगरका जनप्रतिनिधीलाई माग पत्र बुझाएका छन । उनिहरुले माग पत्रमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालय कर्मचारी अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको भन्दै आफुरुको माग सम्बोधन गरिदिन नवनिर्वाचित जनप्रतिनिधीलाई आग्रह गरेका छन ।

उनिहरुले उचित पारिश्रमिक दिन नसकेमा कार्यपालिकाको बैठक बसेर विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको दरबन्दि नै खारेज गर्न आग्रह गरेका छन । श्री गौरीशंकर माविका लेखापाल रमेश तामाङले न्युन पारिश्रमिकका कारण विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्तालाई घरव्यवहार चलाउन, छोराछोरी पढाउन र बिरामी हुँदा उपचार खर्चको जोहो गर्नको लागी साह्रै समस्या परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज के खाउँ ? भोलि के लाऊँ ? परिवार कसरी पालौ ? भन्ने अवस्थामा हामी छौँ । यस्तो अवस्थामा विद्यालय कर्मचारीबाट के खालको कार्य सम्पादन हुने होला ?” यसमा नगरले केही सोच्नुपर्ने हो ।
सरकारले महङ्गी बढेको भन्दै अरु कर्मचारीको तलब १५% ले बढाएको, नगरपालिकामा काम गर्ने कार्यालय सहयोगीको तलब २४ हजारभन्दा बढी हुँदा आफुहरु अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको लेखापाल तामाङले गुनासो गर्नुभयो ।

रामेछाप नगरपालिकामा विद्यालय सहयोगी र बालविकास सहजकर्ताको तलब मासिक १५ हजार पु¥याइएको छ । लेखापालको तलब मासिक १८ हजार छ । संघीय सरकारले पठाउने बजेटमा स्थानीय तहले साझेदारी गरेर तलब वृद्धि गर्न सरकारले भनेको छ तर रामेछाप नगरपालिकाको आन्तरीक श्रोत निकै न्युन भएको कारणले तलब वृद्धि गर्न समस्या छ । तर पनि रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा समिति तथा बिभिन्न शिक्षक सङ्घ सङ्गठनसङ्गसँग छलफल गरेर केही निर्णयहरुले गर्ने आश्वासन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार