अकबरे खुर्सानीले बजार नपाउँदा सुकाजोरका किसान चिन्तित

अकबरे खुर्सानीले बजार नपाउँदा सुकाजोरका किसान चिन्तित

रामेछापमा अकबरे खुर्सानीले बजार नपाउँदा किसान चिन्तित बनेका छन । रामेछाप नगरपालिका ७ सुकाजोरमा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका हुन । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान अहिले निराश बनेका छन ।

सुकाजोरका केहि किसानहरुले अन्य अन्नबाली नै मासेर अकबरे खोर्सानीको व्यावसायिक खेती गरेको भएपनि आफुहरुको उत्पादनले बजार नपाएको किसान रामकुमार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,“गत वर्ष यो मौसममा अकबरे खोर्सानीको कारोबार प्रति केजी रु २५० देखि ३०० सम्म भएको थियो । तर यो वर्ष हाल रु ७० देखि ८० मा मात्रै कारोबार भइरहेको छ ।”

अकबरे खोर्सानी एकपटक रोपेपछि पहिलो वर्ष सामान्य उत्पादन हुन्छ । दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र तेस्रोदेखि पाँचौँ वर्षसम्म पनि उत्पादन हुन्छ । अकबरेको एउटा बोटमा असारदेखि निरन्तररुपमा माघसम्म फल लागिरहन्छ परम्परागतरुपमा घरैपिच्छे पारिवारिक प्रयोजनका लागि हुने अकबरेको खेती अहिले व्यावसायिक बन्ने क्रममा छ । सुकाजोरका धेरै किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन् । तर अकबरे खुर्सानीले बजार नपाउँदा खेती गरिरहेका किसान भने चिन्तित छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार