रामेछापमा माओवादीका रवीन्द्र पौडेल र डिल्लीमान तामाङले उम्मेदवारी फिर्ता लिए

रामेछापमा माओवादीका रवीन्द्र पौडेल र डिल्लीमान तामाङले उम्मेदवारी फिर्ता लिए

रामेछापमा प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गठबन्धनबाट रामेछापको प्रदेशसभा ‘१’ र ‘२’ मा आधिकारिक उम्मेदवारलाई सघाउने गरी उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभा १ मा माओवादी नेता रवीन्द्र पौडेल र २ मा डिल्लीमान तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

गठबन्धनबाट माओवादीले १ मा तारानारायण श्रेष्ठ र २ मा युवराज चौलागाईंलाई उम्मेदवार बनाएको थियो । अन्य स्वतन्त्र उम्मेदवारले भने नाम फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबीच माओवादीकै सदस्य रामकुमार लामाले प्रतिनिधिसभाको सदस्य पदमा दिएको स्वतन्त्र उम्मेदवारी भने फिर्ता लिएका छैनन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ उम्मेदवार छन् । सत्ता गठबन्धनभित्रकै दल नेकपा एकीकृत समाजवादीबाट परेको उम्मेदवारी पनि तोकिएको समयसम्म फिर्ता भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार