निर्वाचनका लागि रामेछापमा ११ सय म्यादी प्रहरी छनोट

निर्वाचनका लागि रामेछापमा ११ सय म्यादी प्रहरी छनोट

रामेछापमा निर्वाचन सुरक्षार्थका लागि एक हजार एक सय म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा रामेछापमा एक हजार एक सय म्यादी प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनुभयो ।

जिल्लामा पुरुष ७ सय ५८ र महिला ३ सय ४२ जना म्यादी प्रहरीमा छनोट भएको उहाँले बताउनुभयो । पूर्वम्यादी, पूर्वसुरक्षाकर्मी, विदेशी सुरक्षा निकायमा खटिएकालाई छनोटका क्रममा प्राथमिकता दिइएको प्रहरी प्रमुख थिङले बताउनुभयो । म्यादी प्रहरीले ४० दिनको तलब, भत्ता, रासन, पोसाक बापत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउने छन् ।

छनोट भएका म्यादीलाई असोज ३० गतेदेखि कात्तिक ८ सम्म प्रहरीबाट निर्वाचन सुरक्षा तालिम दिएर कात्तिक ९ गतेदेखि फिल्डमा खटाइने छ ।मतदान स्थलमा प्रहरी र म्यादी तथा बाहिरी सुरक्षामा सेना र सशस्त्रलाई खटाउने गरी सुरक्षा कार्ययोजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार