रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना २ जना घाईते

रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना २ जना घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापमा आज एम्बुलेन्स दुर्घटना भएको छ । वडा नं ५ रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको हो । बाग्मती प्रदेश–०३००१ झ ००९४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक सहित दुईजना घाईते भएका छन ।

एम्बुलेन्स चालक वर्ष २१ का रोसन तामाङ र एम्बुलेन्समा सवार बिरामी वर्ष ८८ का सम्बर बहादुर मगर घाइते भएका हुन । घाईतेहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

घाईतेहरुको अवस्था सामान्य छ । तिव्र गतिका कारण एम्बुलेन्स दुर्घटना भएको हुन सक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार