रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारले उम्मेद्वारी दर्ता गराए

रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारले उम्मेद्वारी दर्ता गराए

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) र दुई प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ र युवराज चौलगाईंले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

बाजागाजा सहित उम्मेदवारी दर्ताका लागि काँग्रेसका नेता कार्यकर्तासहित उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यस्तै रामेछापमा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि कैलाश प्रसाद ढुङ्गेल, प्रदेशसभा सदस्य क मा शान्ति प्रसाद पौडेल र प्रदेश ख मा मिलनकुमार घिसिङले मनोनयन दर्ता गराउनुभएको हो ।

यस्तै रामेछापमा नेकपा एकीकृत समाजवादीले पनि मनोनयन दर्ता गराएको छ । समाजवादीले रामेछापबाट प्रतिनिधिसभा सदस्य तर्फ देवशंकर पौडेल, प्रदेशसभा सदस्य क मा रमेशकुमार बस्नेत र प्रदेश ख मा झम्क कंडेलले मनोनयन दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार