यस्तो छ मन्थली नगरपालिकाको ६ महिनाको उपलब्धी

यस्तो छ मन्थली नगरपालिकाको ६ महिनाको उपलब्धी

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले ६ महिनाको अबधिमा कुल बजेटको २७ प्रतिशत रकम मात्र खर्च गर्न सकेको छ ।

नगरले गत आर्थिक वर्षमा विगत चालु आ ब मा खर्च गर्ने गरी कुल १ अर्ब १३ करोड ५ लाख ४३ हजार ३४ रुपियाँ बजेट विनियोजन गरेको थियो ।

सोमवार नगरपालिकाको १२ औँ अधिवेशनका क्रममा नगरपालिका प्रमुख लव श्रेष्ठले नगरको खर्च विवरणको बारेमा जानकरी गराउनु भएको थियो ।

नगर प्रमुख श्रेष्ठले पुस २२ गतेसम्म चालु तर्फ ७५ करोड ५५ खाल ६९ हजार बजेट रहेकोमा ३४.१४ प्रतिशत अर्थात् २५ करोड ७९ लाख ५१ हजार २८६ रुपियाँ बजेट खर्च भएको जानकारी पनि दिनुभयो ।

त्यसै गरी नगरले पुँजीगत तर्फ ३७ करोड ४९ लाख ७४ हजार ३४ रुपियाँ बजेट रहेकोमा १३.१५ प्रतिशत अर्थात् ४ करोड ९३ लाख ९ हजार ८५ रुपियाँ सहित २९ करोड ८८ लाख ९० हना। ३ सय ७१ रुपैया मात्र खर्च भएको हो ।

यस्तो छ मन्थली नगरपालिकाको ६ महिनाको उपलब्धी : 

सार्वजनिक सेवा तथा क्षमता विकास तर्फः

• सुशासनको प्रत्याभूति दिन सम्पुर्ण सूचना तथा जानकारी र निर्णयहरु यस नगरपालिकाको website- मा राख्ने, स्थानीय सञ्चार माध्यमबाट प्रकाशन/प्रशारण गर्ने, हाम्रो मन्थली रेडियो परिसंवाद कार्यक्रम सञ्चालन, नागरिक वडापत्र, गुनासो पेटिका, कार्यालय भित्र सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था साथै नागरिकहरुको सहजताका लागि टोल फ्रि नम्वरको व्यवस्था गरिएको छ ।
• विभिन्न विषयगत क्षेत्रमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी र अन्य प्राविधिक कर्मचारीहरुको म्याद थप र रिक्त रहेका पदहरुमा विज्ञापन गरी सेवा करार सम्झौता गरेर नगरपालिकाबाट प्रवाह गर्नु पर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउने व्यवस्था मिलाइएको छ ।
• जनप्रतिनिधि र कर्मचारीहरु सहितका सहभागितात्मक गोष्ठी र बैठकहरु गरेर आवधिक योजना, नगर यातायात गुरु योजना, संगठनात्मक र व्यवस्थापन सर्वेक्षण योजना, नगरलाई वालमैत्री स्थानीय शासन घोषणा गर्न तयारी गोष्ठी, आवश्यकताका आधारमा योजनाहरुको विस्तृत योजना प्रतिवेदन र प्ररम्भिक वातावरणीय परीक्षणका कार्यहरु भएका छन् ।
• आ व २०७९/०८० को नीति, योजना तथा कार्यक्रम र वजेट निर्धारित समयभित्र पेस र पारित गरिएको र पुस्तिका प्रकाशन समय मै भई आम नागरिकहरुलाई सू सुचित गरिएको छ ।
• आ.व २०७८/०७९ मा सम्पादन भएका कार्यहरुको सन्दर्भमा वार्षिक प्रगति समीक्षा गरी प्रतिवेदन सार्वजनिक गरिएको छ ।
• अन्तर पालिका विकास निर्माणका कार्यहरुलाई सहजता प्रदान गर्न छिमेकी पालिकाहरुसँग समन्वय वैठकहरु गरिएको छ ।
• नगर कार्यपालिका बैठक ७ वटा बसी नगरका समग्र विकास तथा सेवा प्रवाह सम्बन्धी निर्णय गरी कार्यान्वयन गरिएको छ ।
• कार्यपालिकाबाट गठन गरिएका सबै विषयगत समितिका बैठक बसेर योजना/कार्यक्रम र ऐन, नियम, कार्यविधिहरुको बारेमा छलफल गरी आवश्यकतानुसार संशोधनका लागि सुझाव सहित कार्यपालिकामा पेश गरिएको छ ।
• बजारलाइ स्वच्छ र सरसफाइयुक्त बनाउदै लैजानका लागि बजार अनुगमनलाइ आम उपभोक्ताको हित संरक्षण हुने गरी प्रभावकारी बनाउन प्रारम्भिक कार्य शुरु गरिएको छ ।

वित्तीय व्यवस्थापन तर्फः

• स्थानीय संचित कोष व्यबस्थापन प्रणाली (SuTRA) मा संघीय अनुदान र राजश्व बाँडफाँडवाट रु ८३
करोड ४७ लाख ८ हजार, प्रदेश अनुदान र राजश्व वाँडफाँडवाट रु १२ करोड ४४ लाख १५ हजार र गत आ व २०७८/०७९ को मौजाद र आन्तरिक स्रोतवाट १८ करोड ७९ लाख ९० हजार गरी जम्मा गत १ अरव १३ करोड ५ लाख ४३ हजार ३४ वजेट प्रविष्ट गरी कार्य सञ्चालन भएको र सामाजिक सुरक्षा र गरिवसँग विशेश्वर कार्यक्रम TSA प्रणाली मार्फत भुक्तानी गर्ने गरिएको छ ।
• भुक्तानी प्रणालीलाई सरल र सहज वनाउन EFT मार्फत भुक्तानी प्रणाली शुरुवात गरिएको छ ।
• यस चालु आ व २०७९/०८० को यही पौष २२ गते सम्म चालु खर्च ( ३४.१४ %) र पुँजीगत खर्च (१३.१५%) गरी जम्मा (२७.१७%) भएको छ ।
• क्षेत्रगत खर्चमा आर्थिक विकास तर्फ ६.०७%, सामाजिक विकास तर्फ ३६.८५%, पूर्वाधार विकास तर्फ १५.४१%, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १५.४१% र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ३३.६७% भएको छ ।
• आ व २०७८/०७९ को आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षणको कार्य सम्पन्न भएको छ ।

राजश्व परिचालन तर्फः

• आन्तरिक राजश्वको महत्वपूर्ण स्रोत अन्तर्गत रहेको ढुँगा, गिट्टी र वालुवाको ठेक्का पट्टाको कार्य समयमा सम्पन्न भएको छ ।
• पार्किङ्ग तथा तथा स्थानीय पूर्वाधार शुल्क लगायतका ठेक्काहरु समयमा सम्पन्न भई सम्झौता भएको छ
• नगरपालिकाले आफ्ना अधिकार क्षेत्र भित्रका राजश्वका शीर्षकहरुमा आन्तरिक राजश्व संकलन रु ४ करोड ६३ लाख आम्दानी हुने पूर्वानुमान गरिएकोमा यही २०७९ पौष २२ सम्म रु १ करोड ६३ लाख ३२ हजार ५४१ आम्दानी भएको छ । यो ३५.३ प्रतिशत हो । लक्ष्य अनुरुप आन्तरिक राजश्व संकलनमा विशेष ध्यान दिनु पर्ने अवस्था छ ।

आर्थिक विकास तर्फ :

• VCDP तर्फ वडा न १, ७ र ८ मा ३७ वटा भकारो सुधार, १७ वटा प्लाष्टिक सिट र २० वटा थोपा सिंचाई सेट निर्माण एव वितरण कार्य सम्पन्न भएको छ ।
• रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालनको लागि क्षेत्र वडा न ९, १० र ११ छनौट तथा कार्यक्रमहरु
स्वीकृत भई प्रस्तावहरु छनौट प्रक्रियामा रहेको छ ।
• सुन्तला जात फलफूल सम्बन्धी व्यावसायिक कृषि उत्पादन केन्द्र स्थापनाको लागि (पकेट) विकास कार्यक्रमको लागि वडा न ४ सालुको कृषक समूह छनौट सम्झौताको क्रममा रहेको छ ।
• रामेछाप बहुप्राविधिक शिक्षालयको डिप्लोमा तहमा कृषि संकायतर्फ वाली विज्ञान, पशु विज्ञान र फुड एण्ड डेरीमा नगरभित्रका १३ जना छात्रछात्राहरुलाई निःशुल्क अध्ययनका लागि सम्झौता गरिएको छ कृषि क्षेत्रमा सुधार र सहयोगका लागि स्नातक तहका कृषि प्राविधिक नियुक्ति भएको छ ।
• कृत्रिम गर्भाधान, मेडिकल उपचार, माईनर सर्जिकल उपचार, प्रयोगशाला, गाइनोकोलोजी र खोप सेवा प्रवाह गरिएको छ ।
• वडा नं १, ४ र ११ मा लागत साझेदारीमा सामुदायिक छाडा कुकुर नियन्त्रण र वडा नं ४, ५ र ११ मा एक वडा एक जोनेटिक रोग तथा स्थलगत परजिवी ( रेविज रोग ) नियन्त्रण शिविर सञ्चालन भएको छ ।
• जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी श्रोत केन्द्र मार्फत सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श सेवा, ५८ जना यूवाहरुलाई सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी गहन अभिमुखीकरण, बैदेशिक रोजगारीका शिलशिलामा घटेका ३३ वटा घटनाहरु आप्रवासी श्रोत केन्द्रमा दर्ता भई १६ वटा समाधान, बिभिन्न घटनाहरुका कारण मनोसामाजिक समस्या भएका १३ जनालाई नियमित मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ ।
• आ व २०७८/०७९ मा रोजगार सुचना प्रणालीमा (EMIS) मा ४७६ जना प्रविष्ट गर्नुको साथै यस चालु आ व मा श्रमिकले श्रमदान गर्न सक्ने प्रकृतिको योजना छनौटका लागि वडालाई अनुरोध गरिएको
छ ।
• लघु उधम कार्यक्रमहरु सञ्चालनका लागि वडा नं ३, १२ र १४ वडा स्तरीय अभिमुखीकरण, सहभागितामूलक ग्रामीण लेखाजोखा र उद्दमशिलता विकास तालिम एवं घरधुरी सर्वेक्षण कार्य सम्पन्न भएको छ ।
• सहकारी सस्थाहरुलाई COPOMIS ( सहकारी तथा गरिवी निवारण सूचना प्रणाली) मा आवद्ध गरिदै लगिएको छ । हालसम्म ८२ वटा सहकारी आवद्ध भएका छन् ।

सामाजिक विकास तर्फ :

• माध्यमिक तहका अंग्रजी, गणित र विज्ञान विषयको रोष्टरहरु तयार गरी माध्यमिक विद्यालयका कक्षा ८, ९ र ० का वालवालिकाहरुको अंग्रजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धिको मूल्याङ्कन शिक्षकहरुको सुपरीवेक्षण तथा पृष्ठपोषण कार्यलाई सघनरुपमा अगाडि वढाइएको छ ।
• माध्यमिक र आधारभूत (कक्षा १-८) विद्यालयमा स्काउट ट्रुप स्थापना र अध्यावधिक गर्न २२ वटा विद्यालयका ३६ जना शिक्षकहरुलाई ६ दिने स्काउट तालिम सम्पन्न भएको छ ।
• शैक्षिक सरोकारवालाहरुको वीचमा मन्थली नगरपालिकाको सार्वजनिक शिक्षा सवलीकरण २ दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी ३१ बुँदे साझा प्रतिवद्धता घोषणा गरी सो मुताविक विद्यालयहरुमा शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।
• दीर्घरोग लागेका ३६ जना विपन्न नागरिकहरुको उपचारका लागि सम्वन्धित अस्पतालहरुमा विपन्न नागरिक औषधि उपचारको सिफारिस गरी दीर्घरोग लागेका ७० नागरिकहरुलाई उपचार खर्च वापत मासिक रु ५,००० का दरले १३ लाख ६० हजार रकम उपलब्ध गराइएको छ ।
• मन्थली अस्पतालमा USG मेशिन र Lab को औजार उपकरणको व्यवस्था गरी २०७९ मंसिर १ गतेदेखि तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा आँखा सेवा सञ्चालन गरिएको छ । फिजियोथेरापी र दन्त सेवा विस्तारका लागि आवश्यक कार्य भइरहेको छ ।
• मन्थली नगर भित्र गर्भवती /सुत्केरी महिलाहरुका लागि आउने जाने र रिफर भएको अवस्थामा निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराइएको छ ।
• लैङ्गिक हिंसा विरुदको १६ दिने अभियानमा वडा तहमा कानुनी सचेतना, र्याली, दिप प्रज्वलन र वजार सरसफाई कार्यक्रमहरु सञ्चालन गरी सम्पन्न भएको छ ।
• अपाङ्गता भएका व्यक्तिको घरदैलोमा स्वास्थ्य परीक्षण तथा फिल्ड अनुगमनको प्रतिवेदनको आधारमा ४३ जनालाई परिचय पत्र उपलब्ध गराइएको छ ।
• हिंसा पिडित तथ प्रभावित व्यक्तिहरु ४ जना लाई अल्पकालिन सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिएको
छ।
• सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको नवीकरण र नयाँ लाभग्राहीको विवरण सिस्टममा प्रविष्ट गरी सामाजिक सुरक्षा भत्ता पहिलो त्रैमासिकमा ५ हजार १६६ जनालाई रु ४ करोड ९६ लाख ५९ हजार ७८२ रकम वैङ्क मार्फत उपलब्ध गराइएको छ । दोस्रो त्रैमासिकको तयारी भइरहेको छ ।

पूर्वाधार विकास तर्फ :

• आ व २०७९/०८० मा नगरको सम्रग विकासलाई व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्न नगर कार्यपालिकावाट कार्य तालिका स्वीकृत गरी सो वमोजिम कार्य अगाडि वढाइएको छ ।
• २०७९ पौष २२ सम्म ३७६ वटा योजनाहरुमध्ये १७५ वटा योजनाहरु( ४६.५%) सम्झौता भएको र ३६ वटाको कार्य सम्पन्न भई भुक्तानी भएको छ । पौष मसान्तसम्म योजनाहरु सम्झौता गरी सक्ने कार्य तालिका भएकोमा अझै ५०% भन्दा बढी योजना सम्झौता नहुनु कार्य सम्पादनको हिसावले सन्तोषजनक देखिएन ।
• संघीय र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा नगर भित्रका मुख्य सडकहरु मध्ये भुत्याखोला – कठजोर, मन्थली ठूलीमदौ अर्चले डाँडागाउँ ठाँटी सडक, गेलु सावाडाँडा पशुपति सिक्राल साउनेपानी सडक, देविटार – फुलासी सडक र देविटार – फुलासी पोखरी डाँडा सडक निर्माण कार्यका लागि वोलपत्र सम्झौता भई कार्य आरम्भ भइ सकेको छ ।
• वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरुमा अप्टिकल फाइवर पु-याई सेवा प्रवाहलाई चुस्त
दुरुस्त वनाउने उद्देश्यले अप्टिकल फाइवर र वडा कार्यालय भवन निर्माण वडा नं ३, ७, ११ र १३ को वोलपत्र स्वीकृति भएको छ ।

वातावरण तथा विपद तर्फ :

• नगर भित्र हुन सक्ने प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण र पुनरोत्थान
तथा पुनस्थापनाका कार्यमा जोड दिइ नगर भित्र रहेका दमकल, एम्वुलेन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारु अवस्थामा राखी भारी वर्षादले अवरुद्ध भएका सडकहरुलाई सिघ्रातिसिघ्र सञ्चालनमा ल्याइएको छ ।
• नगरपालिका र टोल विकास संस्थाको सहकार्यमा वजार सरसफाईमा जोड दिएको छ ।
• मन्थली बजारलाई उज्यालो शहरको रुपमा विकास गर्न विद्युत प्राधिकरणको सहयोगमा सडक वत्तीको व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ ।
• यस वर्षको वर्षायाममा विभिन्न विपदमा परेका ७३ जना नागरिकहरुलाई रु ५ हजार देखि २० हजार सम्म राहत उपलब्ध गराइएको छ । यसमा रु ६ लाख ८५ हजार खर्च भएको छ ।

विधेयक समिति / कानून तर्फः

• न्यायिक समिति समक्ष प्राप्त हुन आएका उजुरीहरुको समयमै सुनुवाई गरिएको छ । न्यायिक समितिमा प्राप्त २२ वटा उजुरीहरुमध्ये ४ वटा मिलापत्र र वाकी १८ वटा फर्छौटको प्रक्रियामा रहेको
छ ।
• मेलमिलाप केन्द्रको अनुगमन गरी मेलमिलाप कर्ता, वडा समिति र न्यायिक समितिको वीचमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
• नगरपालिकाको कार्य सम्पादन सहजताको लागि ४ वटा कार्यविधि र १ वटा नीति जारी गरी कार्यान्वयनमा ल्याइएको छ ।

मुख्य समस्या तथा चुनौतिहरुः

• यस चालु आ व पाँच लाख मुनिका ३१२ वटा योजनाहरु तय भएका छन् । जसका कारण वडाका सामा गौरवका योजनाहरु आंकलन गर्न कठिन छ ।
• संघ, प्रदेश, प्रदेश तथा स्थानीय पूर्वाधार साझेदारी तथा अन्य निकायबाट प्राप्त हुने योजनाको समयमा नै वजेट निकासा नहुनु ।
• सघ र प्रदेशवाट निर्माण हुनु पर्ने कानुनहरु समयमा नै निर्माण नहुँदा कार्य सम्पादनमा समस्या हुनु ।
• वजारको सरसफाई र सौन्दर्यता कायम गर्न विभिन्न अभियानहरु सञ्चालन गर्दा गर्दै पनि अपेक्षाकृत रुपमा हुन नसक्नु ।
• सामाजिक सुरक्षा भत्ताको लगत कट्टा विवरण अध्यावधिक नहुनु ।
• सामाजिक सुरक्षा भत्ता वैकिङ्ग प्रणालीवाट वितरण भए पनि लाभग्राहीहरुले झन्झटिलो महशुस गर्नु ।

समस्या समाधानका लागि लिइएका पहल कदमीहरुः

• विषयगत क्षेत्रसँग सम्वन्धित वार्षिक कार्य योजना निर्माण गरी प्राथमिकताको आधारमा कार्यान्वयन गरिएको छ ।
• योजना निर्माणका सवै चरणहरु पूरा गरेर नगर सभाबाटै सवै योजनाहरुको स्पष्ट पहिचान गरी टुंगोमा पुग्ने पद्धतिको विकास गरिएको छ ।
• योजना कार्यान्वयन प्रभावकारीरुपमा सञ्चालन गर्न कार्यतालिका निर्माण गरी सो अनुरुप कार्यान्वयनमा जोड दिइएको छ ।
• जनशक्तिको समय सापेक्ष क्षमता विकास सुनिश्चितताको प्रयास गरिएको छ ।
• सामाजिक सुरक्षाको भत्ता वैकिङ्ग प्रणालीवाट वितरण प्रक्रियालाई सरलीकृत गर्न वैकहरुसँग निरन्तर छलफल र अन्तर्क्रिया गरिएको छ ।
• कार्यक्रमहरु सञ्चालन सहजताका लागि आवश्यक ऐन, कानून, कार्यविधि एवं मापदण्डहरु निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।
सम्मृद्ध नगर निर्माणका लागि गर्नु पर्ने संक्षिप्तमा आगामी महत्वपूर्ण कार्यहरु
• आधारभूत तहको शिक्षामा विद्यालय उमेर ५-१२ वर्षका वालवालिकाहरु विद्यालय वाहिर नरहेको सुनिश्चित गर्न, वाल विवाह मुक्त नगरको रुपमा स्थापित गर्न र वालमैत्री एवं वातावरण मैत्री नगरपालिका घोषण गर्नका लागि आवश्यक पूर्व आधारहरु तयार गर्न जोड दिने ।
• नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृत र महाशाखा प्रमुख एव शाखा प्रमुखहरु, सस्था प्रमुखहरुका वीचमा कार्य सम्पादन सम्झौता गरी सेवा प्रवाहलाई नतिजामा आधारित बनाउने र सम्झौता वमोजिम कार्य भए नभएको नियमित अनुगमन गर्ने ।
• नगर कार्यपालिकाको कार्यालय र वडा तहमा रहेका वडा कार्यालय, स्वास्थ्य सस्थाहरु र विद्यालयहरुसँग नेट वर्किङ्ग गरी सेवा प्रवाहलाई प्रभावकारी वनाउनु ।
• वडा कार्यालयहरुमा राजश्व सङ्कलन र व्यक्तिगत घटना दर्ता अनलाइन प्रणाली मार्फत सेवा सुदृढीकरण ।
वडागतरुपमा सम्पूर्ण विवरण ( आर्थिक, सामाजिक, भौतिक एवं शैक्षिक ) संकलन गरी वडागत प्रोफाइल निर्माणमा जोड ।
• वडा कार्यालयहरु निर्माण हुन वाँकी वडाहरुमा वडा कार्यालय भवन निर्माणमा जोड । वडा तहमा वजार उन्मुख क्षेत्रहरुको वजार व्यवस्थापन तथा सरसफाईमा जोड । फोहोर मैला प्रशोधन केन्द्रको स्थापनाका लागि पूर्वाधारहरु तयार ।
• सवै वडा कार्यालयहरु जोड्ने मुल सडकहरु कालो पत्रे निर्माणमा जोड । नगरको वाह्रय रिङ्गरोड व्यवस्थापन ।
• वस पार्कको व्यवस्थापन ।
• तामाकोशी नदी किनारका भू भागहरुमा भूमिगत सिचाईंको व्यवस्था ।
• पन्थली – जखनीटार- भटौलीका फाँटहरुमा सिचाईका लागि तामाकोशी सिचाईंको व्यवस्था ।
• थानपति मन्दिर र भोट नागीको चिया वगानलाई जोडी एकीकृत पर्यटकीय विकासका लागि DPR निर्माण ।
• वडाहरुमा रहेको सम्भावनाहरुको खोजी गर्न विस्तृत अध्ययन प्रतिवेदन (DPR) निर्माणमा जोड । रणजोर खोला आसपासका भू भागहरुको संरक्षणका लागि तट्वन्धको व्यवस्था ।
• स्थानीय स्तरमा उत्पन्न विवाद स्थानीय स्तर मै निराकरण गर्न सवै वडामा प्रभावकारी रुपमा मेलमिलाप केन्द्रहरु सञ्चालन ।
• नगरको उन्नयनका लागि मुलुक भित्रका सवल नगरपालिका र अन्य मुलुकका पालिकाहरुसँग भगिनी सम्वन्ध विस्तारमा जोड ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार