चिसो बढेसँगै जिल्ला अस्पताल रामेछापमा दमको बिरामी बढे
पुस महिना लागेसँगै देशभरि नै चिसो बढेको छ । चिसोकै कारण देखिएको समस्या लिएर अस्पताल पुग्ने बिरामीहरू पनि बढिरहेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायत रोगका बिरामी बढेको जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेण्डेण्ट डा. गगन अधिकारीले बताउनुभयो । अस्पतालमा दम रोगका बरामी धेरै आउने गरेको अस्पताल भर्ना हुनेमा पनि दम रोगकै बिरामी धेरै […]