भैरवी मावि सुनारपानीका विद्यार्थीलाई ट्रयाक सुट वितरण

भैरवी मावि सुनारपानीका विद्यार्थीलाई ट्रयाक सुट वितरण

रामेछाप ३१ भाद्र । मन्थली नगरपालिका ५ सुनारपानीको भैरवी माध्यमिक विद्यालयका २०६३ एसएलसीको ब्याचले आफुहरुलाई अध्यापन गराउने शिक्षकलाई शनिवार बिद्यालय परिसरमा एक विशेष कार्यक्रम गरि सम्मान गरेको छ । २०६३ ब्याचको पुर्व बिद्यार्थीको संयुक्त प्रयासमा विद्यालयका विद्यार्थीहरूलाई ट्रयाक सुटसमेत वितरण गरेको छन ।

उक्त ब्याचको नेतृत्वमा विद्यालयका ९ जना शिक्षकलाई सम्मान पत्र र मायाको चिनो सहित कार्यक्रममा प्रमुख अतिथी एवं सोही वडाका वडाध्यक्ष रबिन कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानित हुनेमा राम प्रसाद आचार्य, बिजय कुमार झा, तेज प्रसाद सुवेदी, दामोदर सुवेदी, हित प्रसाद काफ्ले, नारायण सुष्म सागर कार्की, दिपक खड्का, केदार केसी र जगन्नाथ आचार्य रहेका छन । ९ जना शिक्षक मध्ये ५ जना सेवा निवृत्त भइ सकेका छन । पुर्व बिद्यार्थीले सोही बिद्यालयका २ सय ६२ जना विद्यार्थीलाई ट्याक सुट वितरण गरेको छ ।

तीजको पुर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रममा तीजको शुभकामना आदान प्रदान सहित बिबिध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । बिद्यालयका बिद्यार्थीहरुले चेतनामुलक नाटकको समेत प्रस्तुती गरेका थिए ।

पुर्वा बिद्यार्थीहरुले शिक्षकलाई सम्मान र विद्यार्थीलाई पोशाक बितरन गर्नुले सबैमा हौसला प्राप्त भएको र यसले बिद्यार्थीहरुमा सुखद र सकारात्मक सन्देश दिएको वडा अध्यक्ष रबिन कार्कीले बताए ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजु कुमार श्रेष्ठ, विध्यालयका प्रधानाध्यापक दिनेश कुमार कार्की शिक्षकहरु राम प्रसाद आचार्य, बिजय कुमार झा र दामोदर सुवेदीले आफ्नो यस्ता कार्यक्रमले बिध्यालयको शैक्षिक क्षेत्रमा नयाँ उर्जा प्रदान गर्ने बताउदै एउटा नयाँ थालनी गरेकोमा एसएलसी ब्याच २०६३ लाई धन्यवाद दिए ।

कार्यक्रममा चन्द्र प्रकाश आचार्यको सयोजकत्वमा भैरबी माबी पुर्व विद्यार्थी समाज तदर्थ समिति प्रस्ताव गरि चैत्र भित्र सस्था गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार