सेवा निवृत्त प्रधानाध्यापक कार्कीलाई सम्मान सहित विदाइ

सेवा निवृत्त प्रधानाध्यापक कार्कीलाई सम्मान सहित विदाइ

रामेछाप जिल्लाको पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयका सेवा निवृत प्रधानाध्यापक नीर बहादुर कार्कीलाई सम्मान सहित विदाइ गरिएको छ ।

शुक्रबार(आज) विद्यालयमा आयोजित एक कार्यक्रमका विच सेवा निवृत प्रअ कार्कीलाई शिक्षक,अभिभावक,विद्यार्थी,जनप्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतले सम्मान पत्र र मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए ।

विगत १९ वर्षदेखी सो विद्यालयको प्रअको रुपमा कार्यरत कार्कीको उमेर हदका कारण अनिवार्य अवकास भएको थियो । प्रअ कार्कीलाई फेरि भेटौँला भन्दै कार्यक्रममा उपस्थित सबैले विद्यालयको विकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

पन्चे बाजा सहित रामेछाप बजारमा प्रअ कार्कीको सम्मानमा र्याली समेत निकालिएको थियो । सबैको मन जितेर प्रअ कार्की सेवा निवृत हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार