जिल्ला अस्पताल रामेछापमा भएको मानसिक रोग शिविरमा ४१ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा भएको मानसिक रोग शिविरमा ४१ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार(आज) भएको मानसिक रोग शिविरमा ४१ जनाले सेवा लिएका छन । मानसिक अस्पताल पाटन लगनखेल ललितपुरमा कार्यरत मानसिक तथा नशा रोग बिशेषज्ञ डा. नबिन देबकोटाले शिविरमा सेवा दिनुभएको हो ।

“अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीले जानकारी दिनुभयो ।

शिविरमा निद्रा नलाग्ने, आत्तिने रोग र डिप्रेसन जस्ता रोगका विरामीहरुले सेवा लिएको उहाँले बताउनुभयो । अबदेखी जिल्ला अस्पतालमा प्रत्येक महिनाको एक दिन बिशेषज्ञ डाक्टरसंग समन्वय गरेर मानसिक तथा नशा रोग बिशेषज्ञद्वारा मानसिक रोगीहरुको जांच तथा उपचार गरिने डा अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार