रामेछाप कारागारबाट ३ जना कैदी जेल मुक्त

रामेछाप कारागारबाट ३ जना कैदी जेल मुक्त

संविधान दिवस २०८० को अवसरमा रामेछाप कारागारमा रहेका ३ जना कैदी जेल मुक्त भएका छन् । जेल मुक्त हुने ३ जना कैदी विभिन्न मुद्धामा जेल सजाय भोगिरहेकाहरु हुन । ४० देखी ५० प्रतिशत कैद सजाय भोगिसकेकाहरुको सजाय मिनाहा भएको हो ।

सर्लाहीका राजेशचन्द्र सिंह,रामेछाप नगरपालिका ३ का दिल कुमार तामाङ्ग र सुनापती गाउँपालिका ३ का सोम बहादुर तामाङ्ग जेल मुक्त भएका हुन । चोरी तथा कुटपिट मुद्धामा जेल परेका उनिहरुको ५० प्रतिशत जेल सजाय कट्टा गरिएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङ्गले जानकारी दिनुभयो ।

असल आचरण र व्यवहारका आधारमा जिल्ला कारागारबाट सिफारिस भएपछि संविधान दिवसको अवसरमा उनिहरुलाई कैद सजाय तोकेको मिति अगावै जेल मुक्त गरिएको कारागार प्रमुख तामाङ्गले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार