तिजका लागि तारकेश्वर महादेव मन्दिर सरसफाइ

तिजका लागि तारकेश्वर महादेव मन्दिर सरसफाइ

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मा रहेको ऐतिहासिक एवं धार्मिक स्थल ताराखसे( तारकेश्वर ) मन्दिर बिहिवार (आज) सरसफाइ गरिएको छ । नारीहरुको महान पर्व तिजको दिन लाग्ने मेलाका लागि मन्दिर सरसफाइ गरेर चिटिक्क पारिएको सकृय महिला संजाल सुकाजोरका अध्यक्ष राशी कार्कीले बताउनुभयो । स्व्च्छ सुकाजोर वडा बाल संजालको आयोजनामा सरसफाइ कार्यक्रम गरिएको हो ।

वडाअध्यक्ष समीर कार्की सहित वडाका जनप्रतिनिधि,सुकाजोर सकृय महिला समुहका प्रतिनिधि,नेपाली सेना,वडा बाल सन्जालका भाइबहिनीहरुको उपस्थितमा सरसफाइ कार्यक्रम गरिएको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि तारकेश्वर महादेव मन्दिरमा तिजको भव्य मेला लाग्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार