रामेछापका एक वडाअध्यक्षले गरे बाटो बन्द गराएर छोरीको बिहे

रामेछापका एक वडाअध्यक्षले बाटो नै बन्द गराएर छोरीको बिहे गरेका छ्न । रामेछापको मन्थली नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कृष्ण गोपाल थापाले बुधबार(आज) बाटो नै बन्द गराएर छोरीको बिहे गरेका हुन । मन्थली बजार स्थित बिनिता चोक नजिकै वडाअध्यक्ष थापाको घर छ । घरको आँगन नै नभएपछि ´सडक बन्द छ` भन्ने ब्यानर राखेर छोरीको […]

हायु एकता समाज नेपालद्धारा वादीका आगलागी पीडितलाई सहयोग

हायु एकता समाज नेपालले रामेछाप जिल्लाको रामेछाप नगरपालिका – ८ वादीका आगलागी पीडितलाई राहत उपलब्ध गराएको छ । यहि फागुन ४ गते वादीका जित बहादुर हायुको घरमा आगलागी हुँदा घर तथा गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो । आर्थिक अवस्था निकै कमजोर हायु परिवारलाई हायु एकता समाज नेपालले बुधबार उहाँको घरमै पुगेर सहयोग गरेको हो […]

रामेछापमा कृषि अनुदान वितरणमा लापर्वाही, वास्तविक किसान मारमा

अनुदान रकम वितरणमा समस्या हुँदा रामेछापको खाँडादेवी गाउँपालिकाका वास्तविक किसान मर्कामा परेका छन् । बागमती प्रदेश सरकारका तर्फवाट २५ लाख कृषि अनुदान पाएको रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ डफ्काको बाख्रा फार्म अहिले बन्द भएको छ । सित्खा कृषि विकास प्रालीले सञ्चालन गरेको फार्म अनुदान पाए लगत्तै बन्द भएको स्थानीयबासी दीपेन्द्र खत्रीले जानकारी दिनुभयो । […]

कविताको शिर्षक – हामी नारी

दबाब,अभाव अनि पिँंडामा हामी नारी चाहिन्छ हामिलाइ साथ सबैको बराबरी जस्तो सुकै परिस्थितिलाई पनि सामना गर्न सक्ने यो सृष्टिको रचना गर्ने हामी नारी । अनेकौं दुख अनि कष्ट सहने हामि नारी छ हाम्रो यो समाजमा धेरै जिम्मेवारी सुन्दर परिवार अनि समाज बनाउन तन मनले लागिरहने हामी नारी । यो एक्काइसौं शताब्दीमा पनि पछि छौ हामी […]

रामेछाप उद्योग बाणिज्य संघमा थापा र ढुंगेलको टक्कर,कस्ले मार्ला बाजी ?

रामेछाप उद्योग वाणिज्य संघको यहि फागुन २७ गते हुन लागेको निर्वाचनमा नविन कुमार थापा र नवराज ढुंगेलबिच प्रतिस्पर्धा हुँदै छ । नविन कुमार थापा मगरको नेतृत्वमा रहेको संयुक्त ब्यवसायी तथा समावेसी समुहमा वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्षमा राम सुदिश शाह, उद्योग तर्फको उपाध्यक्षमा आकाश रिजाल,महासचिबमा कुमार श्रेष्ठ, सचिबमा यज्ञ प्रसाद सुवेदी र […]

जिल्ला अस्पताल रामेछापमा उपचारत बिरामीलाई फलफूल वितरण

निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछापले सोमबार आफ्नो सहकारी स्थापना दिवस मनाएको छ । सहकारीले १० वर्ष पुरा गरी ११ वर्ष प्रवेश गरेको अवसरमा जिल्ला अस्पताल रामेछापमा उपचारत विरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरेर मनाईएको हो । फलफूल वितरणको क्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले विरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना […]

शिक्षक,विद्यार्थी र अभिभावकलाई सांसद कान्छारामको सुझाव(भिडियो)

रामेछाप जिल्लाबाट निर्वाचित प्रतिनिधी सभाका सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)ले हरेक सामुदायिक विद्यालयको अवस्था खस्कदैँ गएको भन्दै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो । रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले शैक्षिक गुणस्तर सुधार गर्न आफु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । सक्षम र सिपयुक्त दक्ष जनशक्त उत्पादन […]

गौरीशङकर माविले मनायो ५९ औँ वार्षिकोत्सव

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी सोमबार ५९ औँ वार्षिकोत्सव मनाएको छ । प्रतिनिधी सभाका सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)को प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापना समितीका अध्यक्ष कमल विक्रम कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै सांसद कान्छारामले हरेक सामुदायिक विद्यालयको अवस्था खस्कदैँ गएको भन्दै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक […]

रामेछाप बजार सुनसान,व्यवसायीहरु पलायन हुने अवस्थामा

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजार सुनसान भएपछि व्यवसायीहरुले पलायन हुने अवस्था सिर्जना भएको भन्दैे दुःखेसो पोखेका छन् । बजारमा एक दशकभन्दा बढी समयदेखी व्यवसाय गर्दै आउनुभएका विनोद कुमार श्रेष्ठले केही वर्षअघिसम्म चल्ने पसलहरु आजभोलि सुनसान बनेको बताउनुभयो ।“बजारमा मान्छेको चहलपहल नै छैन,भद्रगोल सडक र धुलोले बजार नै कुरुप देखिएको छ […]

मन्थली नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाको वडा नं–२ स्थित सिरिसेमा शुक्रबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । ३ दिन सम्म चलेको प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा रामेछाप नगरपालिका दोश्रो भएको छ । खाँडादेवी गाँउपालिकाले प्रतियोगितामा तृतिय स्थान हासिल गरेको होे । राष्ट्रपति रनिङ […]