६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा

पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय नदी तथा खोलामा बाढी आउने तथा […]

आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू

आजदेखि काठमाडौँसहित कोरोना सङ्क्रमितको सङ्ख्या २ सयभन्दा धेरै भएको जिल्लामा सञ्चालन हुने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोररबिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । सक्रिय सक्रमितको सङ्ख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोररबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन हुने छन् । जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा […]

सुनको मूल्य १ लाख नाघ्यो

आज नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य आज१ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज […]

काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाई

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै विभिन्न नाका हुँदै काठमाडौं भित्रिनेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको छ । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । […]

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो समय थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पर्साका दुई जनाको आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जानकारी […]

आज थप २५९ जनामा कोरोना भाइरस सङ्क्रमण, काठमाडौंमा ६२ जना सङ्क्रमित

पछिल्लो २४ घण्टामा देशमा २५९ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र ६२ जनामा सङ्क्रमण देखिएको छ । यससँगै देशभर कुल सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको छ । यस मध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको […]

रामेछापका ३ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ३६ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ५ सय ९७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ३ जनाको मात्र पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ […]

रामेछापका स्थानिय तहहरुमा महालेखाको कैँची : आर्थिक वर्ष २०७५/०७६ मा कुन पालिकाले के बिराए ?

तपाई कुनै सार्वजनिक वा निजी संस्थामा आवद्ध हुनुहुन्छ भने तपाईलाई पक्कै थाहा छ कि लेखापरिक्षण कुनै संस्था जीवित र चलायमान रहन महत्वपुर्ण कडी हो । अझ तपाई आफै संचालक, व्यवस्थापक वा लेखापाल नै हुनुहुन्छ भने झन् यो महिना लेखा परिक्षण गराउनु भो होला वा गराउँदै हुनुहुन्छ होला । नेपाल सरकारको नियम अनुसार प्रत्येक वर्षको श्रावण […]

भोलि वा पर्सिसम्म एसईई परीक्षाफल सार्वजनिक हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी अन्तिम चरणमा पुगेकोछ । बोर्डको बैठक बस्ने बित्तिकै भोलि वा पर्सिसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । परिक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार बोर्डले कार्यविधिमा उल्लेख भएबमोजिम नम्बर इन्ट्री लगायत सम्पादनका सबै काम […]

रामेछाप गोकुलगंगामा एक महिलाको शव फेला

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । गोकुलगाउँपालिका वडा नम्बर ३ धारापानी स्थित खिम्ती खोलाको किनारामा महिलाको शव फेला परेको प्रहरी चौकी ठोेसेले जानकारी दिएको छ । सोहि गाउँपालिकाको वडा नम्बर १ चुचुरेकी अन्दाजी वर्ष ५५ की ठुलोकान्छी गुभाजु खोलाको किनारामा मृत भेटिएको प्रहरीले जनाएको छ । घरबाट साउन ११ गतेदेखि […]