अब २५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन नहुने

अब २५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन नहुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर २५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन नगर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको स्पष्ट पार्नुभयो । गएको ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार जना सक्रिय सङ्क्रमित भए सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै लकडाउनको सिफारिस गर्ने निर्णय गरेको थियो । सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटलमा राख्ने योजना सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार