रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज १२ गते जिल्लाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । तामाकोसी अस्पताल मन्थलीमा भर्ना भएका ५ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाइएको थियो । उनिहरुमा आज कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा मन्थली नगरपालिका वडा नम्बर २ का ५० वर्षका पुरुष , लिखु तामाकोसी गाउँपालिका ७ का वर्ष २६ र ३० का पुरुष , वर्ष २७ का महिला र गोकुलगंगा गाउँपालिका ६ का २७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य नै छ । यो सहित रामेछाप जिल्लाबाटै स्वाब संकलन गरि परिक्षण गरिएका ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार