५ दिनदेखि बन्द राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा आइतबारदेखि खुल्ने

५ दिनदेखि बन्द राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा आइतबारदेखि खुल्ने

५ दिनदेखि बन्द राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा आइतबारदेखि खुल्ने भएको छ । बैँकका प्रबन्धकलाई एक हप्ता अघि कोरोना पुष्टिएपछि बैँकबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु २०७७ असोज ११ गते देखि बन्द थियो । कोरोना संक्रमित बैंकका प्रबन्धकको प्रत्यक्ष सम्पर्कमा रहेका बैंकका कर्मचारी र रामेछाप बजारका केही व्यतिहरु सहित १६ जनाको पिसिआर परिक्षण गरिएको थियो । उनिहरु सबैको शुक्रबार रिपोर्ट नेगेटिभ आएसँगै आइतबारदेखि बैंक खुल्ने बैंक प्रशासनले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भएका बैँकका प्रबन्धक केहि दिन अघि काठमाण्डौँबाट रामेछाप आउनुभएको थियो । उहाँलाई समान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उहाँ हाल रामेछाप नगरपालिकाको आईसोलेसनमा बस्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार