मेयरको गाउँमा बल्ल बल्यो विजुली बत्ती , स्थानिय हर्षित

मेयरको गाउँमा बल्ल बल्यो विजुली बत्ती , स्थानिय हर्षित

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरको जन्म गाउँ वडा नम्बर ४ हिमगंगा बोलङ्ग बोलङ्गमा विजुली बत्ती बलेको छ । रामेछाप नगरपालिकाको विशेष पहल र नेपाल विद्युत प्राधिकरण रामेछापको सक्रियतामा बोलङ्ग बोलङ्गमा विजुली बत्ती बलेको हो । रामेछाप जिल्लाकै दुर्गम ठाउँ हिमगंगा बोलङ्ग बोलङ्गका नागरीकहरु घरघरमा विजुली बत्ती बेलेपछि खुशि भएका छन । यतिका वर्ष टुकी बत्तीको भरमा बस्न बाध्य त्यहाँका नागरीकहरु घरघरमा बत्ती बलेसँगै हर्षित भएका हुन ।

रामेछाप नगरपालिकाको प्रमुखमा नर बहादुर थापा मगर निर्वाचित भएसँगै हिमगंगा बोलङ्ग बोलङ्ग गाउँले मुहार फेरेको छ । सडक , विद्युत , स्वास्थ्य लगायतका विकासका पुर्वधारहरु पु्ग्न नसकेको बोलङ्ग बोलङ्ग गाउँमा अहिले यि सबै कुराहरु पुगेको छ । भौगौलीक विकटताका कारण ढिलै भएपनि आफु जन्मेको गाउँमा विजली बत्ती पुर्याउँदा आफु्लाई निकै खुशि लागेको नगर प्रमुख थापा मगरले बताउनुभयो ।

उहाँले गाउँका आठ विपन्न घरपरिवारलाई विद्युत मिटर समेत उपलब्ध गराउनुभएको छ । २८३ घरपरिवारलाई विद्युत मिटर वितरण गर्दा आठ घरपरिवारले आर्थिक अभावमा मिटर खरिद गर्न नसकेपछि आफ्नै खर्चमा मिटर खरिद गरिदिनुभएको हो । बोलङ्ग बोलङ्गमा विद्युत बलेसँगै अब रामेछाप नगरपालिकामा पूर्ण रूपमा विद्युतीकरण भएको छ । नगरका साढे सात हजार बढी घरपरिवारले विद्युत सेवा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार