रामेछापको गणेशचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित गणेश चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाईते भएका छन । सदरमुकाम मन्थली बाट रामेछापको भंगेरी आउने क्रममा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा भंगेरीका वर्ष १९ का कुशल श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । घाईतेलाई थप उपचारको लागी काठमाडौँ ग्रान्डी अस्पतालमा पठाइएको प्रहरीले […]

संसद बिघटनको सिफारीस प्रति नेकपा रामेछाप नगर कमिटिको प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टि नेकपा रामेछाप नगर कमिटिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको सिफारीस प्रति खेद प्रकट गरेको छ । पार्टिले एक बिज्ञप्ती जारी गरी आइतवार प्रधानमन्त्री के पी शर्मा ओलीले नयाँ जनादेशका नाममा संसद बिघटन गरी निर्वाचनमा जाने गरेको निर्णय संविधानको बर्खिलापमा भएको र उक्त कदमले नेकपाका तमाम कार्यकर्ता र जनताको भावनामा चोट […]

रामेछापको बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्र सन्चालनमा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ स्थित बावियाखर्कमा सहरी स्वास्थ्य केन्द्रको उद्धघाटन गरिएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले स्वास्थ्य केन्द्रको उद्धघाटन गर्नुभएको हो । स्वास्थ्य केन्द्रको उद्धघाटन गर्दै नगर प्रमुख थापा मगरले रामेछाप नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै महत्वुर्ण कामहरु गरेको बताउनुभयो । कोरोना भाईरसले गर्दा केही कामहरु रोकिएको र ति कामहरु फेरी […]

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यकालमा भएका मुख्य उपलब्धीहरु

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यकालमा भएका मुख्य उपलब्धीहरु   शान्ति सुरक्षा तथा सुव्यवस्था एवं अपराध नियन्त्रण जिल्ला सुरक्षा समितिको 12 पटक बैठक बसी आवश्यक निर्णय गरी कार्यान्वयन गरिएको । अन्तर जिल्ला समन्वय बैठक 4 पटक (रामेछाप+दोलखा, रामेछाप+सिन्धुली+काभ्रेपलाञ्चोक, रामेछाप+ओखलढुंगा र रामेछाप+सोलुखुम्बु) बसी अन्तर जिल्ला अपराधिक गतिविधि नियन्त्रा, सूचना आदान प्रदान आदिका विषयमा भएका निर्णयहरुको कार्यान्वय […]

गृह जिल्लामा आएर सेवा गर्न पाउदा निकै खुशी छु : प्रजिअ अर्जुन कुमार शर्मा

रामेछापका प्रमुख जिल्ला अधिकारी भएर आउन लाग्नुभएका अर्जुन कुमार शर्माले आफु जन्मे हुर्केको गृह जिल्ला रामेछापमा आएर सेवा गर्न पाउँदा निकै खुशि लागेको बताउनुभएको छ । उहाँले ईरामेछाप डटकमका सम्पादकसँग कुराकानी गर्दै बर्सौँदेखी जिल्लामा आएर नागरीकको सेवा गर्ने सपना बल्ल पुरा भएकोमा निकै खुशी लागेको बताउनुभयो । धेरै जिल्लाहरुमा प्रजिअ भएर काम गरिसक्नुभएका उहाँले रोमछाप […]

नेकपाकै ९० जना सांसदद्वारा ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन संसदमा प्रस्ताव दर्ता

नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार हटाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्ताव गर्दा  गरेका छन् । नेकपाका ९० जना सांसदले आज आइतबार संसद् सचिवालयमा यस्तो प्रस्ताव दर्ता गरेको खुलेको छ । संसद् सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसँगै कार्यकारी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव दर्ता भएको हो । […]

संसद् विघटन , वैशाख १७ र २७ मा निर्वाचन हुने

आउँदो वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरी संघीय संसद् विघटन भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेसँगै संसद् विघटन भएको हो ।  वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने गरी संसद् विघटन सदर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७ […]

केवलेश्वर वचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारण सभा सम्पन्न

“धेरै मेहनत र वचत गरौँ,खुशी र सम्वृद्ध बनौँ” भन्ने नारा लिएर रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ र ९ लाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफनो स्थापनाको नवौँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देव बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको बार्षीक प्रतिवेदन […]

रामेछापका प्रजिअ शर्माको सरुवा,अब नयाँ प्रजिअ अर्जुनकुमार शर्मा आउँदै

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । रामेछापमा ११ महिना प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएका शर्माले जिल्लामा कोविड नियन्त्रण तथा व्यवस्थापन , जिल्लाको समग्र शान्ति सुव्यवस्था , प्रितीमा ईलाका प्रशासन कार्यालय सन्चालन र सबै पालिकाहरुमा पुगेर बजार अनुगन लगायतका धेरै महत्वपुर्ण कामहरु गर्नुभएको छ । रामेछापका प्रजिअ शर्मा गुल्मी जिल्लामा सरुवा […]

रामेछाप नगरपालिकामा प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा प्रभावकारी बन्दै गएको छ । रामेछाप नगरपालिकाले एक घर एक पशु बीमा कार्यक्रम सन्चालन गरेको छ । साेिह कार्यक्रम अन्तर्गत नगरका सबै वडाहरुमा पशु बीमा कार्यक्रम लागु हुनेछ । ९ वटा वडाहरु रहेको नगरपालिकाका ५ वडा वडाहरुमा एक घर […]