सिन्धुलीमा एचआईभी एड्स सङ्क्रमितको डरलाग्दो तथ्याङ्क सार्वजनिक

सिन्धुलीमा एचआईभी एड्स सङ्क्रमितको डरलाग्दो तथ्याङ्क सार्वजनिक

एचआईभी एड्स सङ्क्रमितको संख्या सिन्धुली जिल्लामा बृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा पहिचान भएका ६५ जना सङ्क्रमितमध्ये कमलामाई नगरपालिकामा मात्रै २७ जना रहेका छन् । सिन्धुली प्लसका प्रमुख मीना मगरका अनुसार, सन् २०२० जनवरीदेखि डिसेम्बरसम्ममा जिल्लामा ६५ जना सङ्क्रमित पाइएको छ । जसमा ३३ जना पुरुष, ३० जना महिला र दुई जना बालिका सङ्क्रमित छन् । गत बर्ष जिल्लामा एचआईभी एड्स सङ्क्रमित ४५ जना मात्र रहेका थिए । जिल्लामा एक जना सङ्क्रमितको मृत्यु भएको थियो । गत वर्ष तीन जनाको मृत्यु भएको थियो । यो वर्ष २० जना सङ्क्रमित बढेका छन् । यो बर्ष कोरोना महामारीका कारणले परिवारका सबै सदस्यहरु भेला भएकाले पनि एचआईभी एड्स सङ्क्रमित बढेको हुनेसक्ने प्रमुख मगरले जानकारी दिनुभयो । उहाँका अनुसार, वैदेशिक रोजगारीबाट फर्केका पुरुष र उनका श्रीमतीमा एचआइभी एड्स सङ्क्रमण बढी पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार